युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड « Khabarhub

युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष महाराजा गुरुङको नेतृत्वमा निर्वाचन परिचालन कमाण्ड गठन गरेको छ।

संघको केन्द्रीय युवा परिषद्को पहिलो बैठक यही शुक्रबार राष्ट्रिय सभागृह, काठमाडौंमा बसेर यो निर्णय गरेको हो ।

बैठकले वर्तमान राजनीतिक परिस्थितिको वस्तुगत विश्लेषण गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा संगठन सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

यस बैठकले नेपाली युवा आन्दोलनलाई नयाँ गति प्रदान गर्ने र समृद्ध नेपाल निर्माणको उद्देश्यसहित संगठनका अध्यक्ष माहाराज गुरुङको नेतृत्वमा निर्वाचन परिचालन कमाण्ड गठन गरेको छ।

केन्द्रस्तरीय कमाण्डमा ५०१ सदस्यीय छ । १६५ निर्वाचन क्षेत्रमा पृथक परिचालन कमाण्ड बनाइएको छ। प्रत्येक वडामा वडा कमाण्डर (६७४३) र प्रत्येक बुथमा बुथ कमाण्डर (१०९६७) तोकिएको छ।

निर्वाचन परिचालन कमाण्डले उम्मेदवारको प्रचारप्रसार, मतदातामा जागरण र मतदानका लागि भयरहित वातावरण सुनिश्चित गर्ने जिम्मेवारी पाउने छ ।

संगठनका निवर्तमान अध्यक्ष क्षितिज थेवेको नेतृत्व हस्तान्तरण गर्दै बैठकले माहाराज गुरुङलाई नयाँ अध्यक्षमा चयन गरेको थियो ।

बैठकले राजनीतिक रूपमा प्रशिक्षित, वैचारिक रूपमा सुस्पष्ट र सांगठनिक रूपमा चुस्त संगठन निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको बताइएको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ३ : ४५ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ