युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड « Khabarhub

युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष महाराजा गुरुङको नेतृत्वमा निर्वाचन परिचालन कमाण्ड गठन गरेको छ।

संघको केन्द्रीय युवा परिषद्को पहिलो बैठक यही शुक्रबार राष्ट्रिय सभागृह, काठमाडौंमा बसेर यो निर्णय गरेको हो ।

बैठकले वर्तमान राजनीतिक परिस्थितिको वस्तुगत विश्लेषण गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा संगठन सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

यस बैठकले नेपाली युवा आन्दोलनलाई नयाँ गति प्रदान गर्ने र समृद्ध नेपाल निर्माणको उद्देश्यसहित संगठनका अध्यक्ष माहाराज गुरुङको नेतृत्वमा निर्वाचन परिचालन कमाण्ड गठन गरेको छ।

केन्द्रस्तरीय कमाण्डमा ५०१ सदस्यीय छ । १६५ निर्वाचन क्षेत्रमा पृथक परिचालन कमाण्ड बनाइएको छ। प्रत्येक वडामा वडा कमाण्डर (६७४३) र प्रत्येक बुथमा बुथ कमाण्डर (१०९६७) तोकिएको छ।

निर्वाचन परिचालन कमाण्डले उम्मेदवारको प्रचारप्रसार, मतदातामा जागरण र मतदानका लागि भयरहित वातावरण सुनिश्चित गर्ने जिम्मेवारी पाउने छ ।

संगठनका निवर्तमान अध्यक्ष क्षितिज थेवेको नेतृत्व हस्तान्तरण गर्दै बैठकले माहाराज गुरुङलाई नयाँ अध्यक्षमा चयन गरेको थियो ।

बैठकले राजनीतिक रूपमा प्रशिक्षित, वैचारिक रूपमा सुस्पष्ट र सांगठनिक रूपमा चुस्त संगठन निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको बताइएको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ३ : ४५ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह