नक्कली कर्मचारीको भेष धरी ठगी गर्ने आठ जना पक्राउ « Khabarhub

नक्कली कर्मचारीको भेष धरी ठगी गर्ने आठ जना पक्राउ


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले ठगी र कीर्ते कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं–२६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको युनिफर्म र परिचयपत्रसमेत लगाएर आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न होटल तथा रेष्टुरेन्टमा राजस्व अनुगमनका लागि आएको भन्दै पैसा असुल गरिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

नयाँ बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरूले विभिन्न बहानामा कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नुपर्ने भन्दै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई कीर्ते र ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बिनबहादुर बिक, सृजना भट्टराई, सागरजंग लुहार, प्रमिशा तामाङ, दूधकला बिक, अञ्जना तामाङ, राजिब बिष्ट र डेबिड धामी छन् ।

उनीहरूको साथबाट प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरु, राजस्वसम्बन्धी किताबहरु र आन्तिक राजस्व कार्यालयको परिचयपत्र सात थान बरामद गरेको प्रहरीले जनाएको छ ।

पीडितहरुबाट प्राप्त रसिद र मोबाइल पेबाट समेत गरी जम्मा पाँच लाख आठ हजार ६ सय ४० रुपैयाँ संकलन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ३६ बजे

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर