प्रतिनिधिसभातर्फ समानुपातिकमा कुन दलबाट कति पुरुष परे ? (नामावलीसहित) | Khabarhub Khabarhub

प्रतिनिधिसभातर्फ समानुपातिकमा कुन दलबाट कति पुरुष परे ? (नामावलीसहित)


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आमनिर्वाचन २०७९ को अन्तिम नतिजासँगै दलहरूले समानुपातिकतर्फ सासंद बन्नेहरूको नामावली टुंग्याएका छन् । निर्वाचन आयोगको निर्देशनानुसार दलहरूले अन्तिम बन्दसूचीमा परेका उम्मेदवारहरूलाई क्लस्टरका आधारमा नामावली टुंग्याएका हुन् । संविधानतः निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका लिंग, समुदाय तथा क्षेत्रगत समावेशितालाई समेटेर समानुपातिक सांसद टुंग्याउनु पर्दछ ।

प्रतिनिधिसभातर्फ प्रत्यक्षमा महिला उम्मेदवार कम हुनु र न्यून संख्यामा विजयी हुनुले संविधानतः ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन दलहरूलाई प्राप्त समानुपातिक सिटमा अधिक महिला सांसद सिफारिस भएका छन् ।

समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने भएकाले केही दलले दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । उसले समानुपातिकमा ३४ सिट प्राप्त गरेको छ ।

एमालेले पाएको ३४ सिटमध्ये १२ सिटमा पुरुष उम्मेदवार सिफारिस गरेको छ । जसमध्ये आदिवासी जनजाति पुरुषतर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई परेका छन् । खसआर्यतर्फ पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाहीको नाम सिफारिस भएको छ ।

दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा सांसद सिफारिस भएका छन् । मधेसी पुरुषतर्फ गंगाप्रसाद यादव र अमृतराज लालवंशी समानुपातिक सांसद सिफारिस भएका छन् । यस्तै मुस्लिमतर्फ सराज अहमद फारखी सिफारिस भएका हुन् ।

समानुपातिकमा ३२ सिट पाएको नेपाली कांग्रेसबाट तीनजना मात्र पुरुष सांसदमा सिफारिस भएका छन् । कांग्रेसबाट खसआर्यतर्फ प्रकाशशरण महत, मधेसीतर्फ विमलेन्द्र निधि र दलिततर्फ जीवन परियार सांसद सिफारिस भएका छन् ।

माओवादी केन्द्रले पाएको १४ सिटमध्ये दुईवटामा मात्र पुरुष सांसद सिफारिस गरेको छ । जसमध्ये खसआर्यतर्फ हितराज पाण्डे र दलिततर्फ रणेन्द्र बराली रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाएको १३ सिटमध्ये सातजना पुरुष उम्मेदवार सिफारिस भएका छन् ।

दलिततर्फ सन्तोष परियार र शिव नेपाली सिफारिसमा परेका छन् । यस्तै थारुतर्फ अशोककुमार चौधरी, मुस्लिमतर्फ असिम शाहलाई सिफारिस गरेको छ । मधेसतर्फ मनिष झा सिफारिस हुँदा आदिवासी जनजातितर्फ ढाकाकुमार श्रेष्ठ सिफारिस भएका छन् । खसआर्यतर्फ डोलप्रसाद अर्याल सांसद सिफारिस भएका छन् ।

समानुपातिकमा सात सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुईजना पुरुषलाई सांसद सिफारिस गरेको छ । जसमध्ये खसआर्यबाट पशुपतिशम्शेर राणा र आदिवासी जनजातितर्फ बुद्धिमान तामाङ सिफारिस भएका हुन् ।

समानुपातिकमा पाँच सिट पाएको जनमत पार्टीले पुरुषतर्फ दुईजनालाई सिफारिस गरेको छ । जसमा मधेसीतर्फ वसन्तकुमार कुशवाहा र मुस्लिमतर्फ अब्दुल खानलाई सांसद सिफारिस गरेको छ । जनता समाजवादी पार्टी जसपाले प्राप्त गरेको समानुपातिकतर्फको पाँच सिटमा पुरुषतर्फ खसआर्यमा प्रकाश अधिकारी र मुस्लिमतर्फ सहनाज रहमान गरी दुईजना सिफारिसमा परेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : २७ बजे

करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी– करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु

समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाका

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका

एमाले लचिलो भएर एकताको प्रतिबद्धता जनाए विद्यालाई समर्थन : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति