लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति « Khabarhub

लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेष्टुरेष्ट पुरिएको छ । दुई वटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ ।  

प्रेम श्रीसले सञ्चालन गरेको श्रीस होटल बाढीले पूर्ण रूपमा पुरिएको बेनी-४ का वडाअध्यक्ष अणबहादुर खड्काले जानकारी दिए । उनका अनुसार स्थानीय मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र बाढी पसेको छ । 

तातोपानी कृषि सहकारी संस्था र भगवती मन्दिरभित्र बाढी पसेको छ । बाढीले मङ्गाला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक अवरुद्ध बनाएको खड्काले जानकारी दिए । 

घरभित्र रहेका स्थानीय बाढी आउन थालेपछि भागेर ज्यान जोगाएका छन् । अहिले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय डोजरको सहायतामा बाढी नियन्त्रणमा जुटेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुई वटा डोजर परिचालन गरेका छन् । 

स्थानीयवासीले सामुदायिक भवन र मन्दिरभित्र पसेको बाढी पन्छाउन श्रमदान गरेका छन् । एक सय ३० थान ग्याबियन जाली लगाउन थालिएको छ । तटबन्धका लागि बुधबार साँझ त्यहाँ लगेर राखिएको ग्याबियन जाली पनि बाढीले पुरेको छ । 

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : ४३ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व