अतिक्रमित संरचना हटाउन सिद्धार्थनगरमा डाेजर चल्याे | Khabarhub Khabarhub

अतिक्रमित संरचना हटाउन सिद्धार्थनगरमा डाेजर चल्याे


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाले डोजर चलाउन सुरु गरेको छ ।

सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पटक पटक सार्वजनिक सूचना जारी गरेपनि सर्वसाधरणले नमानेपछि पालिकाले डोजर चलाउन सुरु गरेको हो ।

यस्तै, आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई वटा घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा जुटेको छ । नौडिहवा टोल विकास समितीले मोहम्मद हसन तेली घरधनी रहेको दुई वटा घर निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै नगरपालिकाको कार्यालयमा उजुरी दिएको थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेर जानकारी गराए पनि अटेर गरेपछि निमयानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

नगरपालिका क्षेत्रमा चाप बढ्दै गएको र सार्वजनिक जग्गाको अभाव भइरहेको अवस्थामा सार्वजनिक जग्गाको खोजी गरी उपयोग गर्नका लागि अभियान सुरु गरिएको उनले बताए ।

सर्वसाधरणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउन सुरु गरिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।

उनले सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउने अभियान अन्तर्गत कार्य सुरु भएको भन्दै कसैले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको भए सूचना दिन आग्रह गरे ।

सिद्धार्थनगर नगरपालिकाको नक्सा शाखा प्रमुख ईन्जिनियर मान प्रसाद श्रेष्ठले सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भएको स्थानमा प्राविधिक टोलीले नाँप जाँचपश्चात यकिन गरेर भत्काउन सुरु गरेको र अन्य स्थानमा पनि डोजर चलाउने तयारी भइरहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाको उपमेयर उमा अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर पार्किङ, पार्क लगायत जनहितमा प्रयोग गरिने बताइन् । उनले सार्वजनिक जग्गाको संरक्षणका लागि गरिएको सुरुवातमा सरोकारवालाको साथ, सुझाव सल्लाह आवश्यक रहेको बताइन् ।

‘हामीहरु कसैले निर्माण गरेको घर संरचना भत्काउन चाहदैनौँ तर सार्वजनिक जग्गा अतिक्रमण गरेर कसैले पनि कुनै संरचना निर्माण नगर्न आग्रह गर्छौ’ सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खानले भने, ‘यदि हाम्रो आग्रहलाई वेवास्ता गरेर सार्वजनिक जग्गा मिचेर संरचना बनाइन्छन् भने नगरपालिकाको कार्यालय नियमानुसार अघि बढ्छ ।’

सार्वजनिक जग्गा, कुलो लगायत मिचेर कसैले संरचना निर्माण गरेको भए आफै भत्काउन आग्रह गर्दै डोजर पुगेको अवस्थामा नगरपालिकाको कार्यालय नियमानुसार अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : ३७ बजे

लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य आयोजना शुभारम्भ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स,

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

धनुषा – नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

क्यानडामा नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं– आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन

कूटनीतिक अधिकारीहरूसँग कन्सुल विभागको छलफल

काठमाडौं– कन्सुलर सेवा विभागले नेपालस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ