अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या | Khabarhub Khabarhub

अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भएपनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका १ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्थिन् । उनको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उनी त्यस्तै पाठशालाको खोजीमा लागिन् ।

पाल्पाबाट बुटवल गएकी सुकमाया छोरालाई पढाउन गुल्मी आउनुपर्यो । “बच्चामा समस्या देखिएपछि मैले बाँधेर राख्ने र कोठामा थुन्ने गर्थें”, उनी भन्छिन्, “गुल्मीमा यस्तो पाठशाला छ भनेपछि म यहीँ आएँ ।” शिक्षक नहुँदा आफू दिनभर पाठशालामै बस्न बाध्य हुनुपरेको उनको भनाइ छ । शिक्षकसँगै आवाससहितको सुविधा भएमा धेरै राहत हुने सुकमायाले भनिन् ।

गुल्मीको रुरुक्षेत्र–१ की रीता पाण्डे पौडेल पनि आफ्नो सन्तानले अस्वाभाविक क्रिया देखाएपछि पिरलोमा थिइन् । समस्या पहिचान नभएपछि सन्तानलाई घरमै राख्न बाध्य भएकी उनलाई अटिजम पाठशालाको सम्पर्कमा आएपछि राहत मिलेको छ । बच्चालाई लिएर आएका अभिभावकले एकापसमा सिकाउँदा अटिजम भएका बालबालिकाको सिकाइमा केही परिवर्तन आए पनि शिक्षक नहुँदा आफूहरूलाई समस्या देखिएको पाण्डेले बताइन् ।

अभिभावक सुकमाया, रीता र अर्की विमला परियारले स्वयंसेवकका रूपमा अन्य बालबालिकाको सिकाइलाई सहजीकरण गर्दै आएका छन् । अटिजम मस्तिष्कको विशेष अवस्था हो । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप, सञ्चारसम्बन्धी सीप र सिकाइको क्षमता कम हुन्छ ।

रुरुक्षेत्रका अगुवा स्थानीय समाजसेवीको पहलमा विसं २०७४ अटिजम पाठशाला नेपाल स्थापना भएको थियो । पाठशालामा अहिले १४ जना अटिजम भएका बालबालिका सिकाइका लागि आउँछन् । पाठशालाका लागि लुम्बिनी प्रदेश र रुरुक्षेत्र गाउँपालिकाको कूल ६० लाख रुपैयाँ सहयोगमा पाँच कोठाको भवन बनेको छ । पाठशालामा शिक्षक नभएपछि तीनजना अभिभावकले एकापसमा बालबालिकालाई सिकाउँदै आएका छन् । उनीहरूलाई पाठशालाले स्वयंसेवक शिक्षक भनेको छ ।

अटिजम पाठशाला नेपालकी अध्यक्ष अमृता भण्डारी पाठशालामा शौचालयको अभाव, भान्साकोठाको अभाव र शिक्षक नहुँदा समस्या झेल्नुपरेको बताउँछिन् । “अगुवा समाजसेवीको पहलमा हामीले अटिजम पाठशाला खोलेपछि त्यस्ता बालबालिका र उनका अभिभावकलाई राहत भएको छ”, उनले भनिन्, “राज्य तहबाट कुनै शिक्षक नहुँदा हामीले निकै सास्ती खेप्नुपरेको छ ।”

रुरुक्षेत्र गाउँपालिकाका प्रवक्ता हरि ज्ञवालीले गाउँपालिकाका तर्फबाट पाठशालामा सहयोग रहने बताए । उनले छिट्टै शिक्षक कर्मचारीको अभाव नहुने गरी व्यवस्थापन गर्ने र माथिल्लो निकायमा पनि शिक्षकका लागि पहल गर्ने बताएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ०४ बजे

उपनिर्वाचन : जाजरकोटमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

सुर्खेत । आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा जाजरकोटका

आजका समाचार : कांग्रेस-एमाले एक्ला एक्लै उपनिर्वाचन लड्ने, उल्लासमय छठ, ट्रम्पलाई विश्वभरबाट बधाई

उपनिर्वाचनमा कांग्रेस-एमाले एकापसमा भिड्ने, गठबन्धन नगर्ने विभिन्न कारणले जनप्रतिनिधि रिक्त

यस्तो छ फिल्म ‘अग्निदहन’को ट्रेलर

काठमाडौं- आगामी मसिर ७ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘अग्निदहन’

तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड : विभिन्न देशका १२ सय प्रतियोगी सहभागी हुने

पोखरा– ‘रन फर कमन प्रस्पेरिटी’ भन्ने नारासहित पोखरामा हुन लागेको

‘योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्छ’

काठमाडौं– क्वान्टम भौतिकशास्त्री डा. जोन हेगलिनले योग र यज्ञका माध्यमबाट