जङ्गली हात्तीले पाँच घर भत्काउँदा चार लाखको क्षति | Khabarhub Khabarhub

जङ्गली हात्तीले पाँच घर भत्काउँदा चार लाखको क्षति


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले तीन परिवारको पाँच वटा घर भत्काउँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मा तीन परिवारको पाँच वटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए ।

कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुई वटा घर, सञ्जु मण्डलको दुई वटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब रु चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए ।

एउटा जङ्गली हात्ती वडा नं १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँ बस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पुर्‍याउँदा लाखौँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

हात्ती गाउँमा पसेपछि गाउँलेहरू रातभरि डर त्रासमा जाग्राम बसेका छन् । यस भेगमा सालैपिच्छे हात्तीले आतङ्क मच्चाउनाका साथै मानिसको ज्यानसमेत लिने गरेको छ । हात्तीको आतङ्कलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेहरूले आक्रोश व्यक्त गरेको छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : २४ बजे

दुर्गेश थापा भन्छन् : जेनजी भविष्यको नेतृत्वकर्ता हो

काठमाडौं – चर्चित गायक दुर्गेश थापाले नयाँ पुस्ता ‘जेन–जी’ लाई

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल

१९ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं – काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको खानीखोलाबाट एक गर्भवतीको उद्धार गरिएको

जेनजीको आन्दोलनमा समर्थन गर्दै रास्वपाले सरकारलाई भन्यो- दमन नगर्नू

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनरेसन जेड (जेनजी) को

हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ