स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु « Khabarhub

स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको बसको ठक्करबाट २९ वर्षीय सुवासचन्द्र रतेलाको आज बिहान मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते रतेलाको उपचारका क्रममा बिहान १० बजे वयोधा अस्पताल बल्खुमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । स्कुल बसले रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटना बिहान ८ बजेर ३५ मिनेटमा भएको थियो । बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । बस चालकलाई भने महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ५२ बजे

कास्की ३ मा रास्वपाकी गुरुङ विजयी

गण्डकी – कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

विजयोत्सव नमनाउन रास्वपाको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा निर्वाचनको

काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र