श्रम मन्त्रालयद्वारा 'श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

श्रम मन्त्रालयद्वारा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो ।

मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरसमक्ष प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आजको कार्यक्रममा १० बढी श्रमिकले वैदेशिक रोजगारीमा ठगिएको गुनासो मन्त्रीसमक्ष राखेका थिए ।

मन्त्री कुँवरसँग श्रमिकहरूले सम्झौताअनुसार विदेशमा आफूहरूले तलब सुविधा नपाएको, विदेश पठाउँछु भनेर सात लाख ५० हजार रुपैयाँसम्म लिएको गुनासो सुनाएका थिए । संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, साउदीलगायत देशमा रोजगारीका लागि जाँदा ठगिएको उनीहरूको भनाइ छ । सुर्खेतका एक व्यक्तिले आफूलाई क्यानाडा पठाइदिने भन्दै करिब रु छ लाख ठगेको गुनासो मन्त्रीसमक्ष राखेका थिए ।

श्रमिककै गुनासा र समस्याहरू सुनेपछि मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवासुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्नेलगायत विषयमा ध्यानु दिनुपर्नेमा जोड दिए । उनले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : ३६ बजे

‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान

एजेन्सी – कोइला र ग्याँसमाथिको निर्भरता घटाउन जापानले सन् २०४०

अर्थसंक्षेप : औद्योगिक क्षेत्रमा आंशिक लोडसेडिङ हुने, ३ अंकले बढ्यो नेप्से

काठमाडौं– माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म केही उद्योगहरूमा लोडसेडिङ हुने नेपाल

बजेट अभावमा सगरमाथा आन्तरिक विमानस्थल अलपत्र

काठमाडौं – उदयपुरको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल बजेट अभावका कारण

युक्रेनी एजेन्सीले लियो मस्कोमा रुसी जनरलको हत्याको जिम्मा

मस्को- रूसको राजधानी मस्कोमा भएको एक बम विस्फोटमा रूसी सेनाका

ग्रीसमा डुङ्गा दुर्घटना, चार जना पाकिस्तानीको मृत्यु

एजेन्सी – दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुंगा पल्टिँदा