राजस्वका नक्कली कर्मचारी बनेर ठगी गरेको आरोपमा आठ जना पक्राउ « Khabarhub

राजस्वका नक्कली कर्मचारी बनेर ठगी गरेको आरोपमा आठ जना पक्राउ


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफूलाई आन्तरिक राजस्व कार्यालका कर्मचारी भन्दै काठमाडौंका होटल तथा पसलहरूबाट रकम असुली गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको जनाएको हो । प्रहरीले उनीहरूलाई आइतबार सार्वजनिक गरेको छ । राजस्व कार्यालय लाजिम्पाटका कर्मचारी भएको झूठा विवरण दिएर रकम असुली गर्दै आएको खुलेको छ ।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले उनीहरूबाट ८४ हजार बरामद गरिएको बताएका छन् ।उनीहरूले होटेल, पसल, रेस्टुरेन्ट र फुटपाथका पसलहरूबाट रकम असुलेका थिए । व्यापारीले दिएको सूचनाका आधारमा प्रहरीले पक्राउ पर्नेमा सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, पूर्वी नवलपरासीका बीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामका सागर जङ्ग लुहार, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट तथा डेबिड धामी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले राजस्व कार्यालयको कर्मचारीसँग मिल्ने पोसाक लगाएका छन् । राजस्वकै परिचयपत्र पनि साथै रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई अस्ति पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्येका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयसँग मिल्नेगरी बनाएको नक्क्ली लेटरप्याड, स्टाम्प, रसिद र परिचयपत्र भेटिएको छ । डेबिडको कोठाबाट पनि सोही प्रकृतिका रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद गरिएको छ । उनीहरुबाट सम्झौता र रोजगारी फारम, एकाउन्ट एण्ड ट्याक्स सोलुसन लखेको स्ट्याम्प, उनीहरुविरुद्ध हालसम्म ४ जना व्यवसायीले लिखित जाहेरी दिएको र पीडितहरू आउने क्रम जारी रहेको काठमाडौंका प्रहरी प्रमुख जानकारी दिए ।

यसैबीच प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट स्रोत नखुलेको ३४ लाख ९७ हजार रुपैयाँ बरामद गरेको छ । जोरपाटीबाट स्थानीय भगवतीथानस्थित सडकमा जाँच गर्ने क्रममा कुमार चौधरीले चलाएको बा ९८ प २२०९ नम्बरको स्कुटरबाट उक्त रकम बरामद भएको हो ।

चौधरीको बयानका आधारमा बौद्ध बस्ने विश्वकुमार गुरुङलाई पक्राउ गरिएको हो । उनीहरूलाई गत २२ गते पक्राउ गरिएको थियो । उक्त रकमका विषयमा थप अनुसनधान भइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ०८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक