७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा « Khabarhub

७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन् ।

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि कर्म हो । अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघि देखि नै भत्ता नलिने बताउँदै आएका वडाध्यक्ष अनन्त हायुले बताए। “उहाँले भत्ता लिन मान्नु भएन र नलिने घोषणा गर्नुभयो ।”, वडाध्यक्ष हायुले भने, “उहाँ अरुले दिएको खानु हुन्न ।”

हायुकाअनुसार राज्यले दिएको भत्ता नलिने घोषणा गर्दै सुनुवारले राज्यबाट निःशुल्क भत्ता नलिने घोषणा गरेका हुन् । सुनुवारले भत्ता नलिने घोषणा गरेको जानकारी नगरपालिकालाई गराइसकेको बताउँदै वडाध्यक्ष हायुले वडाबाट विशेष सम्मान गर्ने तयारी गरेको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : १४ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक