७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा « Khabarhub

७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन् ।

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि कर्म हो । अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघि देखि नै भत्ता नलिने बताउँदै आएका वडाध्यक्ष अनन्त हायुले बताए। “उहाँले भत्ता लिन मान्नु भएन र नलिने घोषणा गर्नुभयो ।”, वडाध्यक्ष हायुले भने, “उहाँ अरुले दिएको खानु हुन्न ।”

हायुकाअनुसार राज्यले दिएको भत्ता नलिने घोषणा गर्दै सुनुवारले राज्यबाट निःशुल्क भत्ता नलिने घोषणा गरेका हुन् । सुनुवारले भत्ता नलिने घोषणा गरेको जानकारी नगरपालिकालाई गराइसकेको बताउँदै वडाध्यक्ष हायुले वडाबाट विशेष सम्मान गर्ने तयारी गरेको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : १४ बजे

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन

युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष महाराजा गुरुङको

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की– पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ