मदिरा पसलमा आगलागी हुँदा लाखौंको क्षति « Khabarhub

मदिरा पसलमा आगलागी हुँदा लाखौंको क्षति


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ । ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताए । पसलमा आगो लाग्दा करिब रु ८० लाख बराबरको क्षति भएको साहले बताए ।

साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, ग्यास चुलो, कुलर, पङ्खा, हिटर, फर्निचर, नगद रु १० लाखका साथै रु ३५ लाख बराबरको मदिरा जलेर नष्ट भएको छ ।

राजविराज नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलाई नियन्त्रणमा लिन दुई घण्टा लागेकाले पसल भित्रको सबै समान खरानी भएको पसल सञ्चालकका दाजु अनिलकुमार साहले जानकारी दिए।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : ०१ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक