अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी बैठक नेपालमा हुने | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी बैठक नेपालमा हुने


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म नेपालमा हुने भएको छ । ललितपुरको गोदावरीमा हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागिता रहनेछ । उक्त आन्दोलनअन्तर्गत प्रगतिशील वामपन्थी, खाद्य सम्प्रभुता पक्षधर राष्ट्रको सञ्जाल विश्वव्यापी रुपमा विस्तार गरिएको छ ।

विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान सङ्गठनलाई क्षेत्रीय विभाजन गरिएको छ । दक्षिण एशिया, दक्षिण पूर्वी एशिया, मध्य पूर्वी एशिया, युरोप, उत्तर अमेरिका, मध्य अमेरिका, दक्षिण अमेरिका, पश्चिम अफ्रिका, मध्य अफ्रिका, दक्षिण अफ्रिका, उत्तर अफ्रिकाका किसान सङ्गठनका नेताहरूले बैठकमा कोभिडपछि अन्तर्राष्ट्रिय तहमा देखा परेको आर्थिक मन्दीले बढेको खाद्य सङ्कट, गरिबी, भाकमारीका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका उत्पादन र उत्पादकत्वमा आएको कमी, शक्ति राष्ट्रहरूबीच चलेको युद्धले कृषि क्षेत्रमा देखापरेको असर, जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्ने, किसानको जीवन र जिविकामा सुधार ल्याउन उनीहरुको आर्थिक रुपान्तरणका विषयमा बैठकमा गहन छलफल गरिनेछ ।

नेपालका तर्फबाट नेकपा ९एस० निकट अखिल नेपाल किसान महासङ्घले प्रतिनिधित्व गर्ने बैठकमा खाद्य सम्प्रभुता लागू गर्न देखापरेका चुनौतीबारे छलफल हुनेछ । अखिल नेपाल किसान महासङ्घका महासचिव प्रमेश पोखरेलले सन् १९९३ मा बेल्जियमबाट सुरु भएको लाभिया क्याम्पेसियनको नेपालले सदस्यता प्राप्त गरेको २० वर्षपछि पहिलोपटक नेपालमा यस्तो बैठक बस्न लागेको जानकारी दिए । उक्त बैठकमा सन् २०२३ मा ल्याटिन अमेरिकाको निकरागुवामा हुने आठौँ सम्मेलनको प्रतिनिधि छनोट हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : २९ बजे

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न