अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल « Khabarhub

अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानव समाजमा अनुशासन कायम राख्नका लागि खेलकुद अपरिहार्य हुने बताएका छन् । निजी विद्यालयको छाता सङ्गठन प्याब्सन कास्कीद्वारा आयोजित १७औँ प्याब्सन स्पोर्टस मिटको आज पोखरामा उद्घाटन गर्दै उनले शिक्षा विना समाज विकासको परिकल्पना गर्न नसकिए झै समाजमा अनुशासन कायम गर्न र स्वास्थ्यका लागि खेलकुदको विकास आवश्यक भएको बताए । ।

मुलुकको अग्रगामी विकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले शिक्षासँगै सीपको विकास र अध्ययनलाई रोजगारसँग जोड्नुपर्ने बताए । भविष्यका लागि पनि शिक्षण पद्धतीलाई सुधार गर्नुपर्नेमा जोड दिँदै उनले शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्यक रहेको बताए ।

प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल प्याब्सनले गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापलाई जोड दिएको बताए । प्याब्सन कास्कीमा एक सय दुई निजी तथा आवासीय विद्यालय सदस्यका रूपमा आबद्ध रहेको र यी विद्यालयमा ७५ हजारभन्दा बढी विद्यार्थी र सात हजार तीन सयभन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारी कार्यरत रहेको प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : ४१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा