जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति इपानको ध्यानाकर्षण « Khabarhub

जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति इपानको ध्यानाकर्षण


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन चेपे ‘ए’ जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवद्र्धनमा निर्माणाधीन सात मेगावाट क्षमताको सो आयोजनाको साइट अफिस एवम् पावर हाउसमा एक समूह प्रवेश गरी कार्यालयका समान र सवारी साधन तोडफोड तथा आगजनी गरेको थियो । उक्त तोडफोडबाट आयोजनाको रु तीन करोड बराबरको क्षति भएको छ ।

स्थानीय राइनास नहरसँगको सरोकारको विषयमा भएको असमझदारीपश्चात् घटाइएको यस्तो उच्छृङ्खल घटनाको इपानले भत्र्सना गरेको छ । आयोजना र त्यसका सरोकारवाला पक्षबीच कुनै पनि असमझदारी भए आपसी छलफलबाटै समाधान गर्न सकिनेमा इपानको जोड छ ।

परियोजनाको कार्यस्थलमा हुने गरेका यस्ता घटनालाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत् आयोजनामा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभूति गराउन इपानले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : ५० बजे

युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष महाराजा गुरुङको

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की– पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ

गोरखा–१ का वाइसीएल इन्चार्ज लामिछाने कांग्रेसमा प्रवेश 

काठमाडौं– गोरखा क्षेत्र नम्बर १ बाट नेकपा युवा नेता तथा