अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन « Khabarhub

अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  नेपालले मनाइरहेको अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहको समापन गरिएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष घोषणा गरेको थियो । त्यसैगरी हरेक वर्ष डिसेम्बर ११ मा विश्व भरी अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने गरिन्छ ।

नेपालले अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षलाई विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षभरि नै पर्वतीय अर्थतन्त्र, पर्वतीय संस्कृति, पर्वतीय जैविक विविधता, पर्वतीय महिला, पर्वत–समथर अन्तरसम्बध र पर्वतीय जलवायु परिवर्तन गरी विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो ।

समापनका अवसरमा वन तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको अन्तरक्रिया गोष्ठीमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसका उपलक्ष्यमा आयोजित दिगो पर्वतीय समाधानका लागि महिला विषयक अन्तरक्रिया गोष्ठीसमेत आयोजना गरिएको थियो ।

अन्तर्राष्ट्रिय पर्वतीय वर्ष मनाउने क्रम गत वर्ष चैत ९ र १० गते काठमाडौँमा दिगो पर्वतीय समाधानका लागि क्षेत्रीय नीति संवाद कार्यक्रम आयोजना गरी पर्वतीय वर्ष कार्यक्रमको उद्घाटन गरिएको थियो ।

त्यसैगरी गत साउन ६ गते काठमाडौँमै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतक र सबै संसदीय समितिका सभापतिहरुसँग नेपालका पर्वतीय मुद्दाहरुका सन्दर्भमा अन्तरक्रिया गरिएको थियो । गत भदौ १७ गते काठमाडौँमै नेपालका विभिन्न मुलुकका आवासीय राजदूत, दातृ निकायका प्रतिनिधि र विकास साझेदारका प्रमुखहरुसँग नेपालको पर्वतीय महत्व र यसका समस्याका बारेमा छलफल आयोजना गरिएको थियो ।

यसैगरी पर्वतीय वर्ष कार्यक्रम मनाउने सिलसिलामै गत असोज ५ र ६ गते मुस्ताङमा दिगो पर्वतीय समाधानका लागि अन्तर्राष्ट्रिय मुस्ताङ सम्मेलनको आयोजना गरिएको थियो । मुस्ताङ सम्मेलनबाट दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्रसमेत जारी गरिएको थियो । उक्त घोषणापत्रको सन्देशलाई असोज १० देखि १३ गतेसम्म संयुक्त राज्य अमेरिकाको कोलोराडोमा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय साझेदारीको छैटौँ अन्तर्राष्ट्रिय बैठक र गत कात्तिक २० देखि यही मङ्सिर २ गतेसम्म इजिप्टमा भएको जलवायु सम्मेलनमा नेपालका तर्फबाट प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : २२ बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले