कसरी सम्भव होला कोभिड–१९ को बीचमा फिफा विश्वकप फुटबल २०२२ ? | Khabarhub Khabarhub

कसरी सम्भव होला कोभिड–१९ को बीचमा फिफा विश्वकप फुटबल २०२२ ?



काठमाडौँ– फुटबलको महाकुम्भका रुपमा चिनिने फिफा विश्वकप फुटबलको महत्व फुटबलप्रेमी बीच निकै छ । हरेक ४ वर्षमा दोहारिने यस फुटबल मेलाले विश्वलाई नै एकत्रित बनाउँछ । विगतको २१ वटा संस्करण धुमधामका साथ मनाउँदै गर्दा, विश्वभर फैलिएको कोभिड–१९ का कारण २२ औं संस्करणको माहोलले सबैको ध्यानाकर्षण गरेको छ ।

विभिन्न समयको अन्तरालमा कोभिड–१९ ले कहिले अल्फा त कहिले डेल्टा र अहिले ओमिक्रोनको स्वरुप लिएर जनजीवनलाई त्रसित बनाउँदै आएको छ । यसैबीच लाखौं मान्छे एकै देशमा आगमन हुँदा खेलको मनोरञ्जन लिन ज्यान धरापमा हुने स्थिति पो सिर्जना हुने हो कि भन्ने विश्व जगतमा चासोको विषय बन्न पुगेको छ ।

तर, फिफा विश्वकप फुटबलकोे आयोजक कतार भने विश्व स्वास्थ्य संगठन र फिफाको संयोजकत्वमा स्वास्थ्य मापदण्डलाई प्राथमिकता दिएर नै सञ्चालन गर्ने योजनामा रहेको छ ।

साथसाथै खेलाडी र दर्शकको समयलाई ध्यान पुर्‍याएर खेलकुद भेन्यु र होटलबीचको दूरी पनि ध्यान पुर्‍याएको सुप्रिम कमिटी फोर डेलिभरी एण्ड लेगेसीले जनाएको छ । पहिलोपटक मध्यपश्चिम देशमा हुन लागेकाले यसपटकको विश्वकपलाई अझै धेरै जिज्ञासाका साथ हेरिँदैछ ।

कतारमा सम्पन्न अरब कपमा फुटबलप्रेमीको अनुभव

भर्खरै सम्पन्न भएको अरब कपमा विश्वकपलाई लक्षित गरिएको ८ रंगशालाको प्रयोग भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले सोही अरब कपमा सहभागी भएका २ दर्शकको प्रतिक्रिया लिएको थियो ।

भौगोलिक रूपले सानो भएको कतारले कसरी विश्वकपको आयोजना गर्नेछन् भनेर ब्राजिलका २ फुटबलप्रमीले एकै दिनमा धेरै खेलमा उपस्थिति जनाउने प्रयास गरे ।

एडमन्डो कार्भाल्हो र पौलिन्हो रासलाई एड्युकेसन सिटी स्टेडियमबाट अल बेत स्टेडियम पुग्न करीब २ घण्टा लागेको थियो । जसमा २ मेट्रो र ३९ किमी बस राइडसाथै लामो पदयात्रा पनि गरिएको थियो । उनीहरू कुल ३२ मध्ये २० खेलमा उपस्थित भए ।

अनुमान गरेकोभन्दा करीब १२ लाखभन्दा बढी मानिसको आगमनले भने बासको समस्या सिर्जना गरेको कतार अरब कपका आयोजकले जानकारी गराए ।

१९ दिने लामो अरब कपमा सडकमा सवारी साधन पनि सहजै गुडेको थियो । मेट्रो पनि समस्याविना नै चलेको थियो ।

कोभिड–१९ को ओमिक्रोनको त्रासका बीच पनि रंगशाला भरिभराउ थिए । फुटबलको मनोरञ्जनमा कति मान्छेले मास्क लगाउन पनि बिर्सिए । तर, यस दौरान कोभिड–१९ को संक्रमण दरमा भने खासै वृद्धि देखिएन । यसैबीच विदेशबाट फर्किएका ४ स्वदेशीलाई भने ओमिक्रोन देखिए पनि अरब कपको आयोजनामा यसको खासै हात देखिएन । सेवालाई विशेष ध्यान पुर्‍याए पनि भेन्युबीचको केही स्थानमा खाना तथा शौचालयको गुणस्तरमा भने कमी देखिएको थियो ।

त्यस्तै अपाङ्गमैत्री यात्रामा पनि समस्या देखिएको अरब कपमा समावेश भएका फुटबल प्रेमीले गुनासो गरे । यस्ता समस्यालाई भने कतारले विश्वकपको अगाडि समाधान गर्ने अभिव्यक्ति दिएको छ ।

फिफा विश्वकपको ‘काउन्ट डाउन’को शुभारम्भमा फिफाको धारणा

जसरी इतिहासमा हरेक देश विश्वकप आयोजना तम तयार भएर लाग्छ सोहि जोश र जाङ्गरका साथ कतार पनि अगाडि बढिरहेको छ । कतार फउन्डेसन एड्युकेसन सिटी स्पिकर सिरिजमा बोल्दै कतारले यस पटकको विश्वकपलाई सर्वात्कृष्ट र यादगार बनाउने फिफाका अध्यक्ष गियानी ईन्फान्तिनोले जानकारी दिए ।

पूर्वाधारको आधारमा सबै तयारी पूरा भएको र पर्यटकले अविश्वसनीय अनुभव पाउने अध्यक्ष ईन्फान्तिनोको विश्वास छ । साथै प्रतियोगिताका स्वयम् सेवकलाई अरेबिक भाषा, इतिहास र संस्कारमा जोड दिएर सम्बन्धलाई विश्वकप अवधिपछि पनि कायम गर्ने कतार फाउन्डेसनका अध्यक्ष मछाइल हसन अल नाईमीले जानकारी दिए ।

सो कार्यक्रम यस वर्ष २१ नोभेम्बरमा संचालन हुने प्रतियोगिताको काउन्टडाउनको सुरुवातको लागि सन् २०२१ को २१ नोभेम्बरमा भर्चुवल माध्यममार्फत आयोजना गरिएको थियो । आगामी फुटबल विश्वकपले कतारमा सांस्कृतिक, सामाजिक, र आर्थिक विरासतको स्थापना हुने फिफाले जनाएको छ । साथै कतारको क्रुज शीप फ्लोटिङ होटलका रुपमा विकसित हुँदै कतारको पर्यटकीय क्षेत्रको रुपमा विकास हुने पनि सम्भावना रहेको छ ।

स्वास्थ्य फिफा विश्वकपका लागि कतार र विश्व स्वास्थ्य संगठन डब्लुएचओबीचको समन्वयन

कतार र डब्लुएचओबीच फिफा विश्वकपलाई शारीरिक तथा मानसिक स्वस्थको उदाहरण बनाउनका निम्ति १८ ओक्टोबर २०२१ मा तीन वर्षे संयुक्त परियोजनाको थालनी गरिएको थियो । ‘स्वास्थ्य २०२२ विश्वकप–खेलकुद र स्वास्थ्यको लागि विरासतको सिर्जना’ भन्ने नाराका साथ यस परियोजनालाई अगाडि बढाइएको छ ।

कोभिड–१९ को मुखमा आयोजना हुन लागेको यो विश्व कै पहिलो महत्वपूर्ण खेलकुद प्रतियोगिता भएको कारण यसलाई स्वास्थ्य जीवन र सुरक्षाको पदोन्नतिका रुपमा आयोजना गर्न सम्बन्धित निकायहरु लागि परेका छन् ।

संयुक्त परियोजनाको मुख्य उद्देश्य भनेको नै मानिसहरुलाई शारीरिक व्यायाम, स्वस्थय खानपान शैली, सुरक्षित स्वास्थ्य जीवन शैली अपाउनमा जोड दिँदै सुर्तीजन्य पदार्थको बहिष्कार वा रोकथाम गर्नु र विभिन्न सभा तथा भेला सुरक्षित रहेको सन्देश प्रवाह गरेर स्वास्थ्यसम्बन्धी वकालत र जनचेतना प्रदान गर्ने रहेको छ ।

कस्तो हुँदैछ त कतारको तयारी

सन् २०१० मा २२ औं संस्करणको विश्वकपको आयोजना गर्ने अधिकार प्राप्त गरेको कतारले १२ वर्षको अवधिमा फुटबल प्रेमीलाई उत्कृष्ट अनुभव प्रदान गर्न धेरै पक्षमा आफुलाई सबल बनाउन प्रयोग गरेको छ ।

प्रतियोगिता सञ्चालनका लागि कतारले बनाएको रंगशालामा कतारको इतिहास र संस्कारको झल्को पाउन सकिन्छ । खलिफा इन्टरनेशनल स्टेडियम, अल बायत स्टेडियम, अल जानौब स्टेडियम, अल रेयान स्टेडियम, एड्युकेशन सिटी स्टेडियम, अल थुमामा स्टेडियम, रास अबु अबौड स्टेडियम, र लुसेल स्टेडियममा विश्वकप सञ्चालन गर्ने तयारी तीव्र गतिमा जारी छ ।

कतार १५ लाख फुटबल प्रमीलाई कोभिड–१९ को सुरक्षा मापदण्ड पालना गरेर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले अगाडि बढिरहेको छ । यस प्रतियोगिताले संयुक्त राज्यको दिगो विकासको आयोजना र कतार राष्ट्रिय परियोजनालाई पनि समावेश गरेको छ । कतारले विश्वकपको बोलकबोल जितेपश्चात मेट्रो र लाइट रेल शैलीको निर्माण गरेको छ ।

देशको सडक खण्डलाई फराकिलो बनाइएको छ । साथै यात्रुको सुविधा र सहजताको लागि ११०० विद्युतीय बस पनि सञ्चालनमा ल्याइनेछ । परिमार्जित रेल सुविधाले विश्वकपलाई मात्र नभई त्यसपछि पनि विभिन्न खाडी मुलुकलाई दोहा मेट्रोको जीसीसी रेल व्यवस्थाअनतर्गत जोड्ने परिकल्पना गरिएको छ ।

यस्तै, कोभिड–१९ को सुरक्षा मापदण्डलाई मध्य नजर गर्दै केवल पूर्ण रुपमा खोप लगाएका व्यक्तिलाई मात्र रंगशाला प्रवेश गराउने व्यवस्था मिलाइएको छ । कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफाका अनुसार आकस्मिक सेवाअन्तर्गत खोप नलगाएका फुटबल प्रेमीका लागि केहि कम्पनीसँग १० लाख कोरोनाविरुद्धको खोप उपलब्ध गराउन छलफल पनि अघि बढाइएको छ । साथै सिमाना खोलेसँगै पूर्ण खोप लगाएका फुटबल प्रेमीलाई प्रतियोगितामा सहभागीता जनाउन अझै सहज हुने अनुमान गरिएको छ ।

यस्तै मदिराजन्य पदार्थको खरिद पनि मात्र आधिकारिक पसलबाट किन्न मिल्ने व्यवस्था गरिएको छ । तर रंगशालामा अतिथिय सत्कारअन्तर्गत फुटबल प्रेमीलाई निर्धारित स्थानमा पिउने छुट दिइएको छ ।

रंगशालामा कुलिङ टेक्नोलोजिलाई पनि विशेष ध्यान पुर्‍याइएको छ । साथै आफ्नो सानो भौगोलिक क्षेत्रलाई सकारात्मक रुपले लिएर कतारले फुटबल प्रेमीलाई एकै दिनमा एकभन्दा बढी खेल हेर्न सकिने वातावरण सिर्जना गरेको छ ।

साथै हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा ८ हजार ७ सय यात्रुलाई समहाल्न सकिने व्यवस्था पनि गरिएको छ । कतारमा आयोजना हुने विश्वकपले सबैभन्दा धेरै खेलाडी लाभान्वित हुने अनुमान गरिएको छ ।

सम्भवत खेलाडीको वासस्थानलाई प्रतियोगिता अवधिभर एकै स्थानमा व्यवस्था गरिने भएको छ । जसको फलस्वरुप ट्रेनिङ ग्राउन्ड केहि मिनेट मात्र टाढा र रंगशाला पनि छोटो समयमा पुग्न सकिनेछ । यसले खेलाडीको तालीम तथा आराममा विशेष टेवा पुग्नेछ ।

अत स्वास्थ्य जोखिमयुक्त स्थितिलाई न्यूनीकरण गरेर, डब्लुएचओ र फिफाको सहयोगमा कतारले कोभिड–१९ को दौरानमा पनि सफलतापूर्वक सुरक्षित फिफा विश्वकप २०२२ सञ्चालन गर्ने विश्वास गर्न सकिन्छ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १२ : १७ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द