क्यानडामा कोरोना खोप नलगाए कर तिर्नुपर्ने « Khabarhub

क्यानडामा कोरोना खोप नलगाए कर तिर्नुपर्ने


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्युबेक – क्यानडाको क्युबेक प्रान्तमा कोभिड १९ विरुद्ध खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ ।

कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्याउन लागिएको हो ।

‘खोप लगाउन अस्वीकार गर्ने सम्पूर्ण वयस्कलाई कर लगाउने तयारी गरेका छौ । किनकी उनीहरु सम्पूर्ण क्युबेक प्रान्तका लागि बोझ हुन्,’ क्युबेक प्रान्तका प्रमुख फ्रान्कोइस लेगाल्टले भने ।

उनका अनुसार खोप नलगाउने १० प्रतिशत व्यक्तिका कारण त्यहाँका ९० प्रतिशत व्यक्तिको स्वास्थ्यमा असर गरेको छ । खोप नलगाएका वा लगाउन अटेरी गर्नेलाई कर लगाइने उनले बताए । खोपको पहुँच हुँदा हुँदै पनि कतिपय व्यक्तिले लगाउन अस्वीकार गर्दै आएका छन् ।

आईसीयूमा उपचारार्थ ५० प्रतिशत व्यक्तिमध्ये अधिकांश खोप नलगाएका भएको उनको भनाई छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ११ : २२ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन