चाँडो दिइने बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउँछः युरोपेली मेडिकल निकाय | Khabarhub Khabarhub

चाँडो दिइने बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउँछः युरोपेली मेडिकल निकाय


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिडविरुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चेतावनी दिएको छ ।

‘हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली मेडिकल निकायले भनेको छ ।

लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सो निकायले विभिन्न देशहरुलाई अनुरोध गरेको छ । ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशहरुले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो । बेलायतले पनि कोभिडबाट रक्षा गर्ने भन्दै दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।

अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा संक्रमितको संख्या तीव्र बढेको छ । संक्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १ : ४५ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय