आज २०७८ साल माघ २९ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल माघ २९ गते शनिबारको राशिफल


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७८ माघ २९ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश :

माघ २९ गते शनिबार

मेष : आजको दिन निकै राम्रो छ । आर्थिक क्षेत्रमा सहयोग गर्नेहरु धेरै छन् । राजनीति, वैदेशिक, सामाजिक क्षेत्रहरुमा सामान्य रहेपनि शैक्षिक क्षेत्रमा गरेको श्रम लगानीले धेरै राम्रो नतिजा दिने योग रहेको छ । व्यापार व्यवसायमा भने तपाईको प्रभाव बढ्नेछ । सन्तान सुखको दिन परेको छ ।

वृष : दिन सामान्य राम्रो छ । शिक्षा, स्वास्थ्य, राजनीति क्षेत्रहरु सामान्य रहेपनि वैदेशिक क्षेत्रमा भने धेरै राम्रो छ । तपाईले चालेको कदमले उल्लेखनिय नतिजा दिने योग रहेको छ । शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुने योग रहेको छ । विद्यालय सम्बन्धि कार्यबाट सम्मान बढ्नेछ । कर्म क्षेत्रबाट सफलता मिल्नेछ ।

मिथुन् : दिन सामान्य राम्रो छ । आफ्नै स्थानमा चन्द्रदेवले भ्रमण गर्दै गर्दा बोलीमा मधुरता छ । यसले शुभ कार्यमा तपाईका कारण समाजलाई पनि सहयोग पुग्नेछ । राजनीति, वैदेशिक क्षेत्र र व्यापार व्यवसायमा सामान्य रहेपनि विद्याको क्षेत्रमा तपाईको श्रममा उल्लेखनिय नतिजा देखिनेछन् । आफ्नै श्रम सहयोगबाट नाम र दाम कमाउने योग छ ।

कर्कट : दिन सामान्य राम्रो छ । स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रहरुमा समान्य रहेपनि राजनीतिमा राम्रो प्रभाव रहनेछ । राजनीति संजालमा आवद्ध रहेका कारण मानसम्मान मिल्नुका साथै प्रशंसा कमाइनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो नतिजा दिनेछ । विदेश जाने योजनामा रहे सफल हुने योग परेको छ ।

सिंह : दिन धेरै राम्रो छ । सबैभन्दा बढि शिक्षाको क्षेत्रमा राम्रो छ । कुनै प्रतियोगिता भए जित्ने र परीक्षाको तयारी गर्दै भए नतिजा सकारात्मक आउनेछ । व्यापार, व्यवसायमा समेत लाभ मिल्नेछ । राजनीतिमा भने आजको दिन राम्रो छैन । फसाउनेहरु सक्रिय भएकाले सचेत हुनुहोला।

कन्या : दिन सामान्य छ । शिक्षा, व्यापार, धार्मिक, सामाजिक क्षेत्रमा गरेको लगानी खेर जानेछ । तर वैदेशिक क्षेत्रमा भने लगानीले उल्लेखनिय परिणाम हात लाग्नेछ । विदेश जाने योग रहेको छ ।

तुला : दिन राम्रो नै रहेको छ । स्वास्थ्य, शिक्षा, धार्मिक क्षेत्रमा राम्रो प्रभाव छ । पठनपाठनमा रुची बढ्नेछ । धार्मिक क्षेत्रमा समेत मानसम्मान प्राप्त हुने योग छ । तर आलस्य भने बढ्नेछ । बुवाआमाको आशिर्वात लिएर गरेको काममा सफल भइनेछ ।

वृश्चिक : दिन ठिकै छ । हनुमान देवतालाई सम्झेर अघि बढ्नु होला्, राम्रो योग छैन । स्वास्थ्य, शिक्षा र धार्मिक क्षेत्रमा अघि नबढेकै राम्रो । तर वैदेशिक क्षेत्रमा गरेको लगानीले भने राम्रो सफलता हात लाग्ने योग छ ।

धनु : दिन सामान्य छ । बोलीको प्रभावले प्रतिस्पर्धी पछि पर्नेछन् । राजनीति, सामाजिक, वैदेशिक क्षेत्र यथास्थानमा रहेपनि विद्याको क्षेत्रमा भने तपाईको श्रम लगानीबाट परिणाम प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्दा अरुको सहयोगले सफल हुने योग छ ।

मकर : दिन सामान्य छ । आफूले बोलेका शब्दले आफैलाई अप्ठ्यारोमा पानी सक्छ । सोचेरमात्र बोल्नुहोला । राजनीति, सामाजिक र धार्मिक क्षेत्रभन्दा वैदेशिक क्षेत्र राम्रो छ । लगानीले प्रतिफल पाउने योग परेको छ ।

कुम्भ : आजको दिन आफ्नै राशीमा गुरुले भ्रमण गर्दै गर्दा बोलीमा राम्रो प्रभाव पर्ने योग रहेको छ । बोल्दा पनि धार्मिक क्षेत्रमा हात लागेको खण्डमा मनमा शान्ति मिल्नेछ । सक्नुहुन्छ भने परेवालाई १० मुठी अन्न दिएर आफ्नो काम सुरु गर्नुहोला । यसो गर्दा सोचेका कुरा पूरा हुनेछ।

मिन : दिन सामान्य छ । आम्दानीसँगै अवरोध गर्नेहरु उत्तिकै छन् । आर्थिक क्षेत्रमा अघि बढ्दै गर्दा आफन्तबाटै अवरोध हुनेछ । अरु क्षेत्रमा भन्दा वैदेशिक लगानीले फाइदा दिनेछ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ५ : ५२ बजे

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको

एनपीएलमा आरिफ र अविनास सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौं– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

काठमाडौं- ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता 

काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि