मन्त्रालयद्वारा ३९ जनाको नाम उपसचिवमा सिफारिस « Khabarhub

मन्त्रालयद्वारा ३९ जनाको नाम उपसचिवमा सिफारिस


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ (जनरल) ८ र इन्जिनियरिङ (हाइवे)तर्फ १४ गरी ३९ जनाको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

लेखापरीक्षण समूहका केदारप्रसाद खकुरेल, अगमबाबु पुरी, दुर्गाप्रसाद पन्थी, टीकानाथ अर्याल, तोयनारायण पौडेल, चन्द्रप्रकाश रेग्मी, सन्तोष शर्मा सापकोटा, विष्णुप्रसाद पौड्याल, कल्पना घिमिरे, यमनाथ खनाल, ध्रुव न्यौपाने, झविन्द्रप्रसाद भण्डारी, गोविन्दप्रसाद धमला, श्यामप्रसाद गौतम र हीरामणि निरौला बढुवामा परेका छन् । तथ्यांक समूहका कमल पौडेल र विनोद आचार्य पनि बढुवा सिफारिसमा परेका छन् ।

इन्जिनियरिङतर्फ जनरल उपसमूहबाट बढुवामा पर्नेमा शोभा श्रेष्ठ, नवीन श्रेष्ठ, पुण्यराम सुलु, स्मिता शर्मा, सचिन्द्रकुमार यादव, रविचन्द्र पंजियार, महेश्वरी खड्का र टंकप्रसाद खनाल रहेका छन् ।

इन्जिनियरिङ हाइवे उपसमूहबाट १४ जना बढुवामा परेका छन् । जसमा शोभा गिरी, वन्दना आचार्य, माधवप्रसाद अधिकारी, मुकुन्दप्रसाद लामिछाने, अमिन्द्र खड्का, प्रकाश पौडेल, शशांक मिश्र, राजेशकुमार यादव, छविलाल पौडल, राजीव श्रेष्ठ, कमलकुमार साह, लीलाबहादुर भण्डारी, नवराज बास्तोला र केशवप्रसाद ओझा रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : २६ बजे

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट१२

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ