पाल्पा दरबार सङ्ग्रहालय विकास समितिमार्फत सञ्चालन हुने « Khabarhub

पाल्पा दरबार सङ्ग्रहालय विकास समितिमार्फत सञ्चालन हुने


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ ।

पाल्पाको ऐतिहासिक सम्पदाका रुपमा पाल्पा दरबार सङ्ग्रहालयलाई लिइन्छ । यसअघि पाल्पा दरबार कर्मचारीको नेतृत्वमा रहे पनि अब विकास समितिमार्फत सञ्चालन गर्न लागिएको हो । कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका लागि विकास समिति गठन आदेश, २०७८ स्वीकृति गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले बताए ।

पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ मङ्सिर ३ गते पाल्पा दरबार सङ्ग्रहालयका रुपमा स्थापना गर्न सरकारले निर्णय गरेको थियो । सङ्ग्रहालयमा परिणत भएपछि लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास भएपछि जिल्लावासी उत्साहित छन् । विसं २०७३ फागुन १५ गते दरबार सङ्ग्रहालयको उद्घाटन गरिएको थियो ।

ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यसले पाल्पाको पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुगेको छ । पाल्पा दरबार सङ्ग्रहालय विकास समिति गठन गरी सञ्चालन गर्दा यसको संरक्षणमा टेवा पुग्ने सरोकारवाला निकायको भनाइ छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : ३५ बजे

कीर्तिपुर मैदानमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ– नेपाली क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको

जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले उपाधि जितेको छ

‘लालीबजार’ खुलेआम कुमारित्व किनबेचको कथा !

काठमाडौँ- तीन दशकअघि ८–९ कक्षामा पढ्ने किशोरले स्कुल–घर–बजार आउजाउका क्रममा

आईपीएल किक्रेट : पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित

काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया