टी-२० शृंखला : श्रीलंकाविरुद्ध अष्ट्रेलिया विजयी « Khabarhub

टी-२० शृंखला : श्रीलंकाविरुद्ध अष्ट्रेलिया विजयी


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलंकाविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो ।

तर, १४.५ ओभरमा ८९ रन बनाएर खेलिरहँदा पानी परेपछि श्रीलंकाले डिएलएस पदद्धितमा १९ ओभरमा १४३ रनको लक्ष्य पाएको थियो । यद्यपि, पुनः निर्धारित १९ ओभरमा श्रीलंकाले आठ विकेट गुमाएर १२२ रनमात्र जोड्न सक्यो ।

श्रीलंकाका ओपनर पथुम निसाङ्काले सर्वाधिक ३६ रन बनाए । यसबाहेक दीनेश चन्डिमलले २५, चरिथ असलङ्काले १६ र वनिन्दु हसरंगाले १३ रन जोडे।

यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाका बेन म्याकडेरमोटले अर्धशतकीय इनिङ खेले । म्याकडेरमोटले ४१ बलमा दुई चौका र तीन छक्कासहित ५३ रन बनाए यस्तै मार्कुस स्टोइनिसले ३० रन जोड्दा जोस इङ्लिसले २३ रन बनाए ।

श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए । यस्तै, दुस्मान्था चमिरा, बिनारा फर्नान्डो र चमिका करुणारत्नेले समान दुई विकेट हात पारे ।

श्रीलंका पाँच टी-२० क्रिकेट शृंखलाको लागि अस्ट्रेलिया भ्रमणमा आएको हो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ३० बजे

कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा