पोचेटिनोलाई किन चाहन्छन् म्यान्युका खेलाडी ?  | Khabarhub Khabarhub

पोचेटिनोलाई किन चाहन्छन् म्यान्युका खेलाडी ? 



काठमाडौँ – पछिल्लो पाँच खेलदेखि रोनाल्डो गोलविहीन छन् । म्यान्चेष्टर युनाईटेड ‘म्यान्यु’ ले उपाधि जित्ने प्रमुख हतियारका रुपमा रोनाल्डोलाई बुझ्दै आएको छ ।

तर युभेन्ट्सबाट लण्डन आइपुगेका रोनाल्डोले सोचेअनुसार गोल गर्न सकिरहेका छैनन् । त्यति मात्रै होइन, गएको सिजन दोस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाईटेड चौथो स्थानका लागि संघर्ष गरिरहेको छ ।

वर्षौपछि ओले सोल्सायरको नेतृत्वमा म्यान्यु दोस्रो स्थानमा उक्लिए पनि यो सिजन त्यो प्रदर्शन दोहोर्याउन सकेन । प्रिमियर लिगमा चौथो स्थानको लागि संघर्ष गर्ने बाध्यतामा परेको म्यान्युका खेलाडी अहिले झन् असन्तुष्ट हुन थालेका छन् ।

प्रशिक्षक राल्फ रागिनिकको रणनीति सफल नभएपछि ड्रेसिङ रुममा खेलाडी नै नयाँ प्रशिक्षकको चाहना राख्न थालेका छन् । यस्तोमा प्रिमियर लिगका अनुभवी प्रशिक्षक मौरिसियो पोचेटिनोको नाम अगाडि आएको छ ।

जो अहिले पीएसजीका प्रशिक्षक छन् । जो फ्रेन्च क्लबमा सन्तुष्ट हुन नसकेको रिपोर्ट आइरहेका छन् ।

पोचेटिनो प्रिमियर लिग फर्किन खोजिरहेका छन् । संसारकै सबैभन्दा चर्चित र चुनौतीपूर्ण लिगमा पोचेटिनो टोटेनह्मका अनुभवी पूर्व प्रशिक्षक हुन् । टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याए पनि पोचेटिनो च्याम्पियन बन्न सकेनन । सोहीकारण उनी टोटेनहमबाट बर्खास्तीमा परे । पीएसजी पुगे ।

तर त्यो बर्खास्तपछि न पोचेटिनो खुशी छन् । न त टोटेनहम नै । यो सम्भावना जिवित रहेका बेला म्यान्चेष्टर युनाईटेडका खेलाडी भने पोचेटिनो चाहिरहेका छन् ।

म्यान्युको नयाँ सीइओमा रिचार्ड आर्नोल्ड नियुक्त भएसँगै पोचेटिनोको चर्चा बढेको हो । अनुभवी खेलाडीले टोटनह्यामका पूर्व व्यवस्थापक मौरिसियो सो पदको लागि उपयुक्त भएको बताइरहेका छन् । उनको क्षमतालाई पनि खुल्ला रुपले छलफल गरिएको रिपोर्ट बाहिर आएका छन् ।

म्यान्युको नयाँ प्रशिक्षकका लागि एरिक टेन ह्यागसँगै सर्टलिस्ट भएका ५ प्रशिक्षकमा मौरिसियो पनि एक हुन् । जारी सिजनको अन्तिममा यूनाईटेडले नयाँ व्यवस्थापकमा मौरिसियो नियुक्त गर्ने सम्भावना बढेको छ ।

फ्रान्सको लिग–वानमा पीएसजीलाई १३ अंकसहित तालिकाको शीर्ष स्थानमा पुर्‍याएबापत पनि मौरिसियोले धेरै आलोचना खेप्नु परेको थियो । आगामी च्याम्पियन्स लिगको १६ औं चरणमा रियल म्याड्रिडले पीएसजीलाई पराजित गरेको खण्डमा मौरिसियो बर्खास्तीमा पर्ने पक्कापक्की जस्तै छ ।

किनकि उनको ‘ट्युनिङ’ लियोनल मेस्सी र नेयमारसँग मिल्न सकेको देखिँदैन । फुटबल शैली र युवा खेलाडीसँगको प्रशिक्षणको लगावले ४९ वर्षीय मौरिसियोको नियुक्तिको सम्भावना बढेको हो । तर म्यान्यु व्यवस्थापनले अन्तिम निर्णय गर्न बाँकी छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ४० बजे

बागमतीमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा

काठमाडौं– बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भन्दै कुवेत पुर्‍याई मानवबेचबिखन

अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि