गुल्मीमा भूमि आयोगले अझै पूर्णता पाएन « Khabarhub

गुल्मीमा भूमि आयोगले अझै पूर्णता पाएन


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा एक महिनासम्म राष्ट्रिय भूमि आयोगले पूर्णता पाउन सकेको छैन । आयोगको अध्यक्षमा राममल्ल ठकुरी नियुक्त भएका एक महिना पुगे पनि सदस्यको टुंगो लागेको छैन ।

ठकुरी एकीकृत समाजवादीबाट अध्यक्ष भए । तर, अरु तीन सदस्य केन्द्रबाट मनोनीत भएका छैनन् । बाँकी सदस्य अझै मनोनीत नभएकाले पदेन सदस्यसहित आयोगका काम अगाडि थालिएको ठकुरीले बताए ।

अहिलेसम्म समितिले पूर्णता पाएको छैन । अघिल्लो आयोगबाट सबै कागजपत्र र प्रमाण हस्तान्तरण नभएको उनले बताए ।

ठकुरीले सदस्य मनोनीत हुने बित्तिकै महत्त्वपूर्ण काम अगाडि बढाउने बताए । उनले अहिलेसम्म राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता, कोभिड र सदस्यको मनोनयनसँगै बजेटले केही अलमल देखिएको स्वीकार गरे ।

आयोगले पुनः आवेदन खुला गर्ने जनाएको छ । गुल्मीमा ४ सय ३५ भूमिहीन दलित, तीन सय ९० जना सुकुम्वासी र एक हजार चार सय ४४ जना अव्यवस्थित बसोबासोकी तथ्यांक संकलन भएको आयोगका सदस्यसचिव चुन्न प्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ५५ बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष