हराएका दुई बालबालिका फेला « Khabarhub

हराएका दुई बालबालिका फेला


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रहरीले हराएका दुई बालबालिकालाई धनुषाको जनकपुरधामबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका–२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरधामबाट फेला पारी अभिभावकको जिम्मा लगाएको छ ।

दीक्षान्तलाई जनकपुरधाम–९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दीक्षान्त घर नजिकैबाट र सोनी जनकपुरधामस्थित जानकी मन्दिरबाट हराएको सूचना पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो । साना बच्चा हराउने क्रम बढेको भन्दै प्रहरीले सचेतना अपनाउन अपिल गरेको छ । बिहीबार प्रहरीले बच्चा चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : २० बजे

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको