रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च « Khabarhub

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विवरणअनुसार लामिछानेले निर्वाचन अवधिभर जम्मा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका छन्।

चितवन जिल्ला निर्वाचन कार्यालयमा दर्ता गरिएको खर्च विवरणअनुसार लामिछानेले सबैभन्दा बढी रकम गोष्ठी तथा भेला र खाद्यान्न तथा रासन शीर्षकमा खर्च गरेको देखिन्छ। विवरणमा उल्लेख भएअनुसार गोष्ठी र भेलाका लागि १ लाख ८० हजार र खाद्यान्न खरिदका लागि १ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ।

उम्मेदवारका तर्फबाट प्रतिनिधि सीता ज्ञवालीद्वारा हस्ताक्षरित सो विवरणमा विभिन्न १० वटा शीर्षकमा खर्च देखाइएको छ। जसमध्ये यातायात तथा इन्धनमा २ लाख ९५ हजार, प्रचारप्रसार सामग्री (झण्डा र ब्याज) मा १ लाख १२ हजार र मतदाता प्रशिक्षणका लागि १४ हजार २०० रुपैयाँ खर्च भएको उल्लेख छ।

यस्तै, उम्मेदवारी मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ शुल्क तिरिएको छ भने तीन पटकको हवाई यात्राका लागि १३ हजार ६२६ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १० : २० बजे

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७