रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च « Khabarhub

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विवरणअनुसार लामिछानेले निर्वाचन अवधिभर जम्मा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका छन्।

चितवन जिल्ला निर्वाचन कार्यालयमा दर्ता गरिएको खर्च विवरणअनुसार लामिछानेले सबैभन्दा बढी रकम गोष्ठी तथा भेला र खाद्यान्न तथा रासन शीर्षकमा खर्च गरेको देखिन्छ। विवरणमा उल्लेख भएअनुसार गोष्ठी र भेलाका लागि १ लाख ८० हजार र खाद्यान्न खरिदका लागि १ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ।

उम्मेदवारका तर्फबाट प्रतिनिधि सीता ज्ञवालीद्वारा हस्ताक्षरित सो विवरणमा विभिन्न १० वटा शीर्षकमा खर्च देखाइएको छ। जसमध्ये यातायात तथा इन्धनमा २ लाख ९५ हजार, प्रचारप्रसार सामग्री (झण्डा र ब्याज) मा १ लाख १२ हजार र मतदाता प्रशिक्षणका लागि १४ हजार २०० रुपैयाँ खर्च भएको उल्लेख छ।

यस्तै, उम्मेदवारी मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ शुल्क तिरिएको छ भने तीन पटकको हवाई यात्राका लागि १३ हजार ६२६ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १० : २० बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी