रुकुम (पूर्व) मा एक हजार चार सयले लगाए बुस्टर डोज « Khabarhub

रुकुम (पूर्व) मा एक हजार चार सयले लगाए बुस्टर डोज


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व – रुकुम (पूर्व) मा एक हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् ।

जिल्लामा यही माघ १० गतेदेखि बुस्टर डोज लगाउन सुरु गरिएको हो । रुकुम (पूर्व) का सूचना अधिकारी एवं कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीका अनुसार सिस्ने गाउँपालिकामा सबैभन्दा बढी एक हजार २४ जनले बुस्टर डोज लगाएका छन् । भूमे गाउँपालिकामा २०८ र पुथाउत्तरगङ्गा गाउँपालिकामा १६४ जनाले बुस्टर डोज लगाएका छन् । सिस्ने गाउँपालिकामा स्वास्थ्य कार्यालय, भूमे र पुथाउत्तरगङ्गामा गाउँपालिकाको कार्यालयबाट खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिकामा बुस्टर मात्र नभई कोभिडको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्या पनि कम छ । खोपप्रति चासो नदेखाउँदा कार्यक्रम प्रभावित बन्न पुगेको गिरीले बताउनुभयो । गाउँपालिका र सम्बन्धित वडासँग समन्वय गरेर खबर गर्दा पनि नागरिक खोप लगाउनका लागि खोप केन्द्रसम्म पुग्न सकेका छैनन् ।

भूमे र सिस्ने गाउँपालिकामा भने खोप कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । कोभिड–१९ विरुद्धको खोपले मानिसलाई सङ्क्रमण हुनबाट र सङ्क्रमण भइहाले त्यसबाट हुने जोखिमबाट सुरक्षित गर्ने भन्दै छुटेकालाई सम्बन्धित गाउँपालिका तथा स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ४९ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा