किन लाग्छ रिगंटा, यस्ता छन् कारणहरु « Khabarhub

किन लाग्छ रिगंटा, यस्ता छन् कारणहरु


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वरिपरिका सामान घुमे जस्तो लाग्नु वा वाकवाकी लागे जस्तो भएर चक्कर लाग्नुलाई रिगंटा लाग्नु भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउने समस्या हुन्छ । कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा यस्तो समस्या हुने गर्दछ । यस अलावा अन्य थुप्रै कारणले रिगंटा लाग्न सक्छ ।

कानमा भएको तरल पदार्थले मस्तिष्कलाई पनि नियन्त्रण गर्छ । BENIGN PAROXYSMAL POSITIONAL VERTIGO अर्थात BPPV हुदाँ कानको भित्रको क्याल्शियमका स–साना टुक्रा आफ्नो स्थानबाट हलचल गर्छन् । यस्तो अवस्थामा दिमागलाई गलत संकेत प्राप्त हुन्छ । सामान्यतयाः यस्तो अवस्था कुनै खास उमेरमा वा टाउकोमा कुनै चोट लाग्ने कारण हुन्छ । यसैका कारण रिगंटा लाग्ने गर्दछ । यो समस्या आफै हराउँदै जान्छ ।

कानको नसा सुन्निएमा पनि रिगंटा लाग्छ । यो भेष्टिबुलर न्युरिटिस वा लेब्रिंथाइटिस हुनसक्छ । यो दुवै कानमा इन्फेक्सन हुँदा हुनसक्छ । यसको कारण अचानक चक्कर लाग्ने, कान बज्ने, ठीकसँग नसुनिने, बान्ता हुने, कान दुख्ने आदि समस्या हुन्छ । यस्ता लक्षण केही हप्तासम्म रहन्छ । यो चिकित्सकको परामर्श अनुसारको औषधीले निको पार्न सकिन्छ ।

कानमा दबाब महसुस हुने र लामो समयसम्म यो समस्या भएमा यसलाई मेनेयर भनिन्छ । यसले पनि रिगंटा लाग्ने गर्दछ । यसमा सुन्नमा समस्या हुने, थकाई लाग्ने पनि हुन्छ । मेनेयर रोगमा कामको भित्र धेरै तरल पदार्थ जम्मा हुन जान्छ । यसको लागि डाक्टरको औषधिसँगै डाइट पनि खानुपर्छ ।

रक्तसञ्चार पनि रिगंटा लाग्ने समस्याको कारण हुनसक्छ । मस्तिष्कमा निरन्तर अक्सिजनको आपूर्तिको आवश्यकता हुन्छ । मस्तिष्कसम्म अक्सिजन नपुगेको कारण कारण बेहोस हुने स्थितिको सिर्जना हुन्छ । यदि यस्तो भयो भने तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्दछ । कहिले काँही एन्टिबायोटिक्स जस्ता औषधिका कारण पनि रिगंटा लाग्न सक्छ ।

कतिपय मानिस पानी कम पिउँछन् । मधुमेहका रोगमा पानी कम पिउँदा रक्तचाप हुने र रिगंटा लाग्ने गर्दछ ।

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : ५५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको