किन लाग्छ रिगंटा, यस्ता छन् कारणहरु « Khabarhub

किन लाग्छ रिगंटा, यस्ता छन् कारणहरु


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वरिपरिका सामान घुमे जस्तो लाग्नु वा वाकवाकी लागे जस्तो भएर चक्कर लाग्नुलाई रिगंटा लाग्नु भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउने समस्या हुन्छ । कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा यस्तो समस्या हुने गर्दछ । यस अलावा अन्य थुप्रै कारणले रिगंटा लाग्न सक्छ ।

कानमा भएको तरल पदार्थले मस्तिष्कलाई पनि नियन्त्रण गर्छ । BENIGN PAROXYSMAL POSITIONAL VERTIGO अर्थात BPPV हुदाँ कानको भित्रको क्याल्शियमका स–साना टुक्रा आफ्नो स्थानबाट हलचल गर्छन् । यस्तो अवस्थामा दिमागलाई गलत संकेत प्राप्त हुन्छ । सामान्यतयाः यस्तो अवस्था कुनै खास उमेरमा वा टाउकोमा कुनै चोट लाग्ने कारण हुन्छ । यसैका कारण रिगंटा लाग्ने गर्दछ । यो समस्या आफै हराउँदै जान्छ ।

कानको नसा सुन्निएमा पनि रिगंटा लाग्छ । यो भेष्टिबुलर न्युरिटिस वा लेब्रिंथाइटिस हुनसक्छ । यो दुवै कानमा इन्फेक्सन हुँदा हुनसक्छ । यसको कारण अचानक चक्कर लाग्ने, कान बज्ने, ठीकसँग नसुनिने, बान्ता हुने, कान दुख्ने आदि समस्या हुन्छ । यस्ता लक्षण केही हप्तासम्म रहन्छ । यो चिकित्सकको परामर्श अनुसारको औषधीले निको पार्न सकिन्छ ।

कानमा दबाब महसुस हुने र लामो समयसम्म यो समस्या भएमा यसलाई मेनेयर भनिन्छ । यसले पनि रिगंटा लाग्ने गर्दछ । यसमा सुन्नमा समस्या हुने, थकाई लाग्ने पनि हुन्छ । मेनेयर रोगमा कामको भित्र धेरै तरल पदार्थ जम्मा हुन जान्छ । यसको लागि डाक्टरको औषधिसँगै डाइट पनि खानुपर्छ ।

रक्तसञ्चार पनि रिगंटा लाग्ने समस्याको कारण हुनसक्छ । मस्तिष्कमा निरन्तर अक्सिजनको आपूर्तिको आवश्यकता हुन्छ । मस्तिष्कसम्म अक्सिजन नपुगेको कारण कारण बेहोस हुने स्थितिको सिर्जना हुन्छ । यदि यस्तो भयो भने तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्दछ । कहिले काँही एन्टिबायोटिक्स जस्ता औषधिका कारण पनि रिगंटा लाग्न सक्छ ।

कतिपय मानिस पानी कम पिउँछन् । मधुमेहका रोगमा पानी कम पिउँदा रक्तचाप हुने र रिगंटा लाग्ने गर्दछ ।

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : ५५ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक