प्रेमीलाई प्रयांक गर्न खोजेपछि खुल्यो पोल « Khabarhub

प्रेमीलाई प्रयांक गर्न खोजेपछि खुल्यो पोल


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक केटा जब कुनै केटीको प्रेममा हुन्छ, तब उसले आफ्नी प्रेमिकाको हरेक चाहना पुरा गर्न तयार रहन्छ । कैयौँ पटक दुवै बिच भएको मतभेद पनि प्रेममा बिस्तारै समाधान हुँदै जान्छ । तर एउटा घटनामा भने उल्टो भएको छ । एक युवतीले आफ्नो प्रेमीसँग प्रयांक गरिन् तर उनीमाथि समेत प्रयांक भयो । जो युवतीले पछि मात्र थाहा पाइन् ।

ती युवतीले आफ्नो प्रेमीलाई प्रयांक गर्न एउटा ब्रेकअप म्यासेज पठाइन् । उनले प्रेमीलाई Gotta Go My Own Way बोलको ब्रेकअप गीतको केही लाइन पठाइन् । म्यासेज पाउना साथ प्रेमी हतारीदैं ट्याक्सी लिएर प्रेमिका भेट्न हिँडे । उनले प्रेमिकालाई के भयो, अनि यसको अर्थ के हो भनेर सोधे । तर उनकी प्रेमिकाले प्रेमीलाई प्रयांक गर्दै ब्रेकअपको अर्को म्यासेज पठाइन् । यस पटकको म्यासेजमा प्रेमीले दिएको म्यासेजका कारण प्रेमिका चकित परिन् ।

ती युवकले प्रेमिकाको म्यासेजको रिप्लाइमा ती अर्की केटीले तिमिलाई मैले धोका दिएको बारे सबै बताइन् ? भनेर पठाए । जसै प्रेमीको म्यासेज आयो प्रेमिका छक्क परिन् । उनले आफूमाथि धोका भइरहेको छ भन्ने सोचिन् । तर जसै प्रेमीले कस्तो लाग्यो मेरो रिर्वस प्रयांक भनेर म्यासेज पठाएपछि मात्र ती प्रेमिकाले असलियत थाहा पाइन् । सामाजिक सञ्जालमा प्रयांकको यो खबर अहिले निकै भाइरल बनेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ०६ बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष