करेन्ट लागेर एक मजदुरको मृत्यु, एक घाइते « Khabarhub

करेन्ट लागेर एक मजदुरको मृत्यु, एक घाइते


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

बागमती नगरपालिका–२, धरहरामा शनिवार करेन्ट लागेर बागमती नगरपालिका–८, शंकरपुर निवासी अन्दाजी २५ बर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

महतोलाई बचाउने क्रममा सोही स्थानका २१ बर्षीय दिपककुमार महतो समेत सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बागमती–२ धरहरा निवासी कुमार परियारको घरको छत ढलानका लागि डण्डी मिलाउने क्रममा सडकमा रहेको बिजुलीको पोलबाट उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका दुवै जनालाई तत्काल अस्पताल लैजाने क्रममा महतोको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकको शब परीक्षणको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १२ : २० बजे

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा