प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका लागि दुई नेता बालुवाटारमा पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुटारमा भेटवार्ता चलिरहेको छ ।

पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल भएको बताइएको छ।

एमसिसीलाई लिएर अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेपछि सत्तारुढ दलका नेताहरु दबाबमा छन् ।

अमेरिकाले फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी अनुमोदन गर्न अमेरिकाले दबाब बढाएपछि आजको भेटमा यसै बिषयमा छलफल केन्द्रीत हुने अनुमान छ।

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १२ : ४७ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले