फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक « Khabarhub

फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने बैठकमा सासामयिक विषयवस्तुमा समीक्षा हुने नेता सुन्दर पाण्डेले जानकारी दिए ।

जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने कार्ययोजना छ । पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

आगामी फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि सञ्चालन गरी पार्टीको सङ्गठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा पनि छलफल गरिने छ । देशव्यापीरूपमा राजनीतिक कार्यक्रम सञ्चालन गरी स्थानीय तहको निर्वाचनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजकत्वमा स्थानीय तह निर्वाचन विशेष कार्ययोजना निर्माणका क्रममा छ ।

पार्टीले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, सङ्घीयताको खारेजी र सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा समान विचार भएका सङ्गठनसँग एकता तथा सहकार्यका लागि वार्तालाई निरन्तरता दिएको छ भने समावेश भइसकेका र हुने व्यक्ति, समूहलाई उचित जिम्मेवारी दिने छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ५ : १५ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ