सहकारीको ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता « Khabarhub

सहकारीको ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक–झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेको खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार भएको खुलासा बाहिरिएको हो ।

उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् । अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखितरूपमा जानकारी गराएका थिए । अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ ।

पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको रु २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको रु २१ लख, दमक–५ का राजु गौतमको रु चार लाख, दमक–९ का टेकबहादुर योञ्जनको रु आठ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको रु १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको रु दुई लाख, कमल गाउँपालिका–४ का गौरी राईको रु दुई लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको रु छ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन् ।

सहकारीको ठगी विषयमा उजुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहलकदमी नचालेको भन्दै पीडितहरूको समूहले एकाएक घटना बाहिर ल्याउनुपरेको पीडित कमल–४ का दुरेन्द्र नेम्वाङले बताए । सामाजिक सञ्जालमार्फत पीडितले न्यायका लागि सहयोग पुर्‍याइदिन अपिल गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ५ : ४५ बजे

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन

भाले मयूरको नाच (तस्बिरहरू) 

काठमाडौँ– मयूरहरूको वार्षिक नृत्य ऋतु सुरु भएको छ । फेब्रुअरीदेखि

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट१२

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित