कांग्रेस प्रवक्ता महतले भने- कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन् « Khabarhub

कांग्रेस प्रवक्ता महतले भने- कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन्


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरेका हुन् ।

पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन शनिबार चितवन आएका महतले कांग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न पनि नहुने बताए । कांग्रेस चितवनको जिल्ला अधिवेशन १३ फागुनमा गर्ने कांग्रेसले निर्णय गरेको छ ।

पार्टीको लक्ष्य प्राप्तिको लागि निर्वाचन जित्नै पर्ने भन्दै उनले एक ढिक्का भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरे । ‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’, उनले भने, ‘यसतर्फ कांग्रेस सतर्क हुनुपर्छ ।’

नेता महतले गठबन्धनको स्थायित्वका विषयमा कांग्रेसले आवश्यकताका आधारमा निर्णय लिने बताए । ‘निर्वाचनमा गठबन्धन गर्दैनौं भन्यो भने कम्युनिस्टहरू मिल्न सक्छन्’, उनले भने, ‘त्यसको विषयमा कांग्रेसले पछि निर्णय लिने छ ।’

फरक प्रसंगमा बोल्दै उनले एमसीसी सम्झौताको पक्षमा सबै दलहरूको समर्थन रहे पनि केही अमुक मान्छेहरूले गलत प्रचार गरिरहेको आरोप लगाए । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महतले एमसीसी सम्झौता संसदबाट पास भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने गलत कुरा भएको बताए ।

‘एमसीसीका बारेमा अहिले भएको विरोध नियोजित हो’, उनले भने, ‘एमसीसीलाई राजनीतिकरण गर्न खोजियो ।’ सरकारले ल्याएका प्रस्ताव संसद‍्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको भन्दै उनले सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद‍्मा पेस गर्छु, यो गर्दिनँ भन्न नमिल्ने बताए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : १५ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र