दार्चुलामा खसेको भारतीय बेलुन मौसम विभागको ! « Khabarhub

दार्चुलामा खसेको भारतीय बेलुन मौसम विभागको !


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दार्चुलाको नौगाड गाउँमा बिहीबार राति आकाशबाट विद्युतीय उपकरण जोडिएको बेलुन खसेको छ ।

तीनवटा ब्याट्री जडान भएको विद्युतीय उपकरणजस्तो देखिने बेलुन बेलुका ८ बजेतिर खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए ।

आकाशमा उडिरहेको बेलुनमा भारतीय मोबाइल नम्बर भएको ब्याट्री रहेको बेलुन विद्युतको पोलमा ठोक्किएको उनले बताए । सो विद्युतीय उपकरणमा मेमोरी कार्ड जस्ता प्लेटहरू र जडान गरिएका तीनवटा ब्याट्रीहरू थिए।

दिइएको मोबाइल नम्बरमा कल गर्दा उक्त बेलुन उत्तराखण्डको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागले वायुमण्डलीय तथ्याङ्क सङ्कलन गर्न सो यन्त्र जडान उडाएको प्रतिक्रिया दिएको ठगुन्नाले बताए ।

नौगाड गाउँ योजना शाखाका अधिकृत नरेन्द्र ठगुन्ना र विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णसिंह ठगुन्नासहितको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर माधव विश्वकर्माले घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको बताइएको छ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ४५ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र