रुस-युक्रेन युद्ध : लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण « Khabarhub

रुस-युक्रेन युद्ध : लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले युत्रेनमाथिको आक्रमणलाई विस्तार गर्दै लगेको छ। शुक्रबार रुसी सेनाले नयाँ तीन सहरमा आक्रमण गरेका हुन्।

शुक्रबार लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ।

रुसले उत्तर पश्चिममा रहेको लुट्स र मध्यपूर्वमा रहेको नीप्रो सहरमा आक्रमण गरेको हो। आक्रमणबाट औद्योगिक र आवासीय क्षेत्रमा ठूलो क्षति भएको छ।

बीबीसीले उल्लेख गरे अनुसार लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखाना थिए।

शुक्रबार एकसाथ नीप्रोमा तीन स्थानमा विस्फोट भएको छ। नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ। त्यहाँका स्थानीय जनप्रतिनिधिले सुरक्षित बस्न आह्वान गरेका छन्।

उता रुसी समाचार माध्यमले भने शुक्रबार नै पश्चिम सहर इभानो फ्रान्किभिस्कमा आक्रमण भएको दाबी गरेका छन्। रुसी आक्रमणका कारण अहिलेसम्म युक्रेनबाट २५ लाख बाहिरिएका छन्।

पटकपटक वार्ताका प्रयास भए पनि सफल हुन नसक्दा युद्ध लम्बिदै गएको छ।

रुसले गरेको सैन्य हमलापछि क्षतिग्रस्त बनेको युक्रेनको राजधानी कीभको एक आवासीय भवन। तस्वीर रोयर्टस

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ५९ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज

भिजिट भिसा प्रकरण: तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग्ने आदेश

काठमाडौं- भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा