आज शनिबार शनिदेवको पूजामा यी कुराको ख्याल राख्नुहोस्, तेल कसरी चढाउने ? « Khabarhub

आज शनिबार शनिदेवको पूजामा यी कुराको ख्याल राख्नुहोस्, तेल कसरी चढाउने ?


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धार्मिक मान्यता अनुसार शनिदेव न्यायका मूर्ति मानिन्छन् । जीवनमा आइरहेको कष्ट, कुनै पनि प्रकारको दशा, ग्रह लगायतको निवारण शनिको आराधनाबाट सम्भव हुने धार्मिक मान्यता छ । यसकालागि शनिदेवको पूजामा केही कुराको ख्याल भने गर्नुपर्ने हुन्छ ।

शनिदेवको पूजामा यी कुराको ख्याल राख्नुहोस् ।

–  मन्दिरमा पूजा गर्दा शनिदेवको दृष्टि तर्फ पर्नु हुँदैन ।
– शनिदेवको सामुन्ने नजर मिलाएर दर्शन गर्नु हुँदैन ।
– शनिदेवको आँखामा हेरेर पूजा गर्नु हुँदैन । उनको चरणमा हेरेर पूजा गर्नु पर्दछ ।
– शनिवारका दिन हनुमानको पूजा गर्दा पनि शनिदेव प्रसन्न हुने गर्दछन् ।

तेल चढाउँदा यी कुराको ध्यान राख्नुहोस् ।

– शनिवार पीपलको रुखमा शनिदेवको मूर्ति नजिकै तेल चढाउनु पर्दछ ।
– तेल चढाउँदा यसलाई अन्यत्र पोखिनबाट बचाउनु पर्दछ ।
– चढाउन सम्भव नभए सो तेल गरीबलाई दान दिनु पर्दछ ।
– शनिवारका दिन कालो तिल र सख्खर कमिलालाई ख्वाउनु पर्दछ ।
– यस अलावा शनिवार छालाका जुत्ता दान गर्नु पनि शुभ मानिन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ३९ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल