आज शनिबार शनिदेवको पूजामा यी कुराको ख्याल राख्नुहोस्, तेल कसरी चढाउने ? « Khabarhub

आज शनिबार शनिदेवको पूजामा यी कुराको ख्याल राख्नुहोस्, तेल कसरी चढाउने ?


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धार्मिक मान्यता अनुसार शनिदेव न्यायका मूर्ति मानिन्छन् । जीवनमा आइरहेको कष्ट, कुनै पनि प्रकारको दशा, ग्रह लगायतको निवारण शनिको आराधनाबाट सम्भव हुने धार्मिक मान्यता छ । यसकालागि शनिदेवको पूजामा केही कुराको ख्याल भने गर्नुपर्ने हुन्छ ।

शनिदेवको पूजामा यी कुराको ख्याल राख्नुहोस् ।

–  मन्दिरमा पूजा गर्दा शनिदेवको दृष्टि तर्फ पर्नु हुँदैन ।
– शनिदेवको सामुन्ने नजर मिलाएर दर्शन गर्नु हुँदैन ।
– शनिदेवको आँखामा हेरेर पूजा गर्नु हुँदैन । उनको चरणमा हेरेर पूजा गर्नु पर्दछ ।
– शनिवारका दिन हनुमानको पूजा गर्दा पनि शनिदेव प्रसन्न हुने गर्दछन् ।

तेल चढाउँदा यी कुराको ध्यान राख्नुहोस् ।

– शनिवार पीपलको रुखमा शनिदेवको मूर्ति नजिकै तेल चढाउनु पर्दछ ।
– तेल चढाउँदा यसलाई अन्यत्र पोखिनबाट बचाउनु पर्दछ ।
– चढाउन सम्भव नभए सो तेल गरीबलाई दान दिनु पर्दछ ।
– शनिवारका दिन कालो तिल र सख्खर कमिलालाई ख्वाउनु पर्दछ ।
– यस अलावा शनिवार छालाका जुत्ता दान गर्नु पनि शुभ मानिन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ३९ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु