लामखुट्टेले यस्ता मानिसलाई बढी टोक्छ  « Khabarhub

लामखुट्टेले यस्ता मानिसलाई बढी टोक्छ 


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी महिना सुरु हुँदैछ । यो मौसममा लामखुट्टेको टोकाइले हामी सबैलाई सताउँछ । तर कतिपय मानिसलाई भने लामखुट्टेले अलिक बढी नै टोक्ने गर्दछ । यस्तो किन हुन्छ त ?

यस्ता मानिसलाई लामखुट्टे बढी टोक्छ :

ननुहाउने
लामखुट्टेलाई मानिसको शरीरको पसिना र ल्याक्टिक एसिड निकै मनपर्छ । त्यसैले जब पसिना आउने कुनै काम गरेर फर्कनुहुन्छ तब सकेसम्म छिटो नुहाउनुहोस् ।

रक्त समूह
विभिन्न अनुसन्धान अनुसार ‘ओ’ रक्त समूह भएका मानिसले लामखुट्टलाई सामान्य मानिसको तुलनामा बढी आकर्षित गर्दछ । यस्तै दोस्रो नम्बरमा ‘ए’ रक्त समूह भएका मानिस पनि पर्दछ । यी दुवै रक्त समूह लामखुट्टेका लागि चुम्बक झैँ काम गर्छ ।

बियर
एक अध्ययन अनुसार लामखुट्टेलाई बियर पिउनेहरूको रगत निकै मनपर्छ । त्यसैले कि त बियर पिउनबाट जोगिनुहोस् कि लामखुट्टेको टोकाइबाट बच्नुहोस् ।

छालाका ब्याक्टेरिया
छालामा भएका ब्याक्टेरियाले लामखुट्टेलाई आमन्त्रण गर्छ । हालैको एक अनुसन्धान अनुसार लामखुट्टेलाई केही विशेष प्रकारको ब्याक्टेरिया भएको मानिस बढी मनपर्छ । जो व्यक्तिको छालामा विभिन्न प्रकारका ब्याक्टेरिया पाइन्छ, उनीहरुमा लामखुट्टेको हमला बढी हुन्छ ।

मेटाबोलिक दर उच्च
मेटाबोलिक दर शरीरद्वारा उत्सर्जन भएको कार्बनडाइअक्साइडले निर्धारण गर्छ । कार्बन डाइअक्साइडको गन्ध लामखुट्टेलाई तीब्र रुपमा आकर्षित गर्छ। पोथी लामखुट्टेले आफ्नो इन्द्रियमार्फत् कार्बन डाइअक्साइडको गन्ध पहिचान गर्न सक्छ । गर्भवती महिला सामान्य मानिसको तुलनामा २० प्रतिशत बढी कार्बन डाइअक्साइड रिलिज गर्ने भएकाले उनीहरुलाई लामखुट्टेले बढी नै टोक्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : ०० बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल