लामखुट्टेले यस्ता मानिसलाई बढी टोक्छ  « Khabarhub

लामखुट्टेले यस्ता मानिसलाई बढी टोक्छ 


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी महिना सुरु हुँदैछ । यो मौसममा लामखुट्टेको टोकाइले हामी सबैलाई सताउँछ । तर कतिपय मानिसलाई भने लामखुट्टेले अलिक बढी नै टोक्ने गर्दछ । यस्तो किन हुन्छ त ?

यस्ता मानिसलाई लामखुट्टे बढी टोक्छ :

ननुहाउने
लामखुट्टेलाई मानिसको शरीरको पसिना र ल्याक्टिक एसिड निकै मनपर्छ । त्यसैले जब पसिना आउने कुनै काम गरेर फर्कनुहुन्छ तब सकेसम्म छिटो नुहाउनुहोस् ।

रक्त समूह
विभिन्न अनुसन्धान अनुसार ‘ओ’ रक्त समूह भएका मानिसले लामखुट्टलाई सामान्य मानिसको तुलनामा बढी आकर्षित गर्दछ । यस्तै दोस्रो नम्बरमा ‘ए’ रक्त समूह भएका मानिस पनि पर्दछ । यी दुवै रक्त समूह लामखुट्टेका लागि चुम्बक झैँ काम गर्छ ।

बियर
एक अध्ययन अनुसार लामखुट्टेलाई बियर पिउनेहरूको रगत निकै मनपर्छ । त्यसैले कि त बियर पिउनबाट जोगिनुहोस् कि लामखुट्टेको टोकाइबाट बच्नुहोस् ।

छालाका ब्याक्टेरिया
छालामा भएका ब्याक्टेरियाले लामखुट्टेलाई आमन्त्रण गर्छ । हालैको एक अनुसन्धान अनुसार लामखुट्टेलाई केही विशेष प्रकारको ब्याक्टेरिया भएको मानिस बढी मनपर्छ । जो व्यक्तिको छालामा विभिन्न प्रकारका ब्याक्टेरिया पाइन्छ, उनीहरुमा लामखुट्टेको हमला बढी हुन्छ ।

मेटाबोलिक दर उच्च
मेटाबोलिक दर शरीरद्वारा उत्सर्जन भएको कार्बनडाइअक्साइडले निर्धारण गर्छ । कार्बन डाइअक्साइडको गन्ध लामखुट्टेलाई तीब्र रुपमा आकर्षित गर्छ। पोथी लामखुट्टेले आफ्नो इन्द्रियमार्फत् कार्बन डाइअक्साइडको गन्ध पहिचान गर्न सक्छ । गर्भवती महिला सामान्य मानिसको तुलनामा २० प्रतिशत बढी कार्बन डाइअक्साइड रिलिज गर्ने भएकाले उनीहरुलाई लामखुट्टेले बढी नै टोक्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : ०० बजे

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग