रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध | Khabarhub Khabarhub

रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए ।

उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।

फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी युद्धका लागि बहाना बनेको विदेश मन्त्रालयले जनाएको छ ।

‘हामी युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दैछौं,’ विदेशमन्त्री लिज ट्रसले भने । सरकारले बिहीबार चेल्सी फुटबल क्लबका रुसी मालिक रोमन अब्रामोभिचको सम्पत्ति रोक्का गरेको थियो ।

प्रधानमन्त्री बोरिस जोनसनलाई धनाढ्य रुसीहरू विरुद्ध कारबाही गर्न ढिलाइ गरेको र सोभियत संघको पतन पछि लन्डन हुँदै पार भएको रुसी पैसामा आँखा चिम्लिएको आरोप लागेको थियो । रुसी जहाज र विमानलाई यसअघि नै बेलायत सरकारले प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ११ : ५७ बजे

कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न

टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

नुवाकोट – यहाँको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेबेँसीमा आज टिपरले ठक्कर

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा

प्रधान सेनापति शर्मा र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौं – भारत भ्रमणमा रहेको प्रधान सेनापति अशोक राज सिग्देलले

सिरियामा फसेको पाकिस्तानी टोली बेरुत पुग्यो

इस्लामाबाद – सिरियामा फसेका ७९ तीर्थयात्री र सात शिक्षक सहित