दिल्लीमा आगलागीबाट ७ जनाको मृत्यु « Khabarhub

दिल्लीमा आगलागीबाट ७ जनाको मृत्यु


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ ।

प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरुमा अकस्मात आगो लागेको थियो ।

सो आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अरु केही घाइते भएका अधिकारीहरुले जनाएका छन् । एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगोले छोएको थियो ।

आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए । के कति कारणले आगो लागेको हो भन्ने बारेमा प्रहरीले अुनसन्धान थालेको जनाएको छ ।

त्यसैगरी यहाँ भएको क्षतिको विवरण पनि संकलन भइरहेको तथा आगोबाट बचेका केही सरसामानहरु हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १ : ०० बजे

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को