ओलीले भने– ‘गठबन्धनले संसदलाई भत्ता खाने थलो बनायो’ « Khabarhub

ओलीले भने– ‘गठबन्धनले संसदलाई भत्ता खाने थलो बनायो’


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोका रूपमा मात्र प्रयोग गरिएको बताएका छन् ।

शनिबार काठमाडौँमा नेपाल निजामति कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशनमा ओलीले मुद्दा लडेर ल्याइएको संसदलाई गठबन्धन दलले निकम्मा बनाएको र भत्ता खानेबाहेक कुनै काम हुन नसकेको बताएका हुन् ।

उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको जिकिर पनि गरे ।

त्यस्तै, ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे ।

एमालेलाई चुनाव जित्नका लागि जनताबाहेक कसैको आवश्यकता नरहेको उनको भनाइ छ । उनले एमालेले चुनाव जित्ने भएकालै नै गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खोजेको तर्क गरे ।

वर्तमान सरकार पाँच न्यायाधीशले नियुक्त गरेको बालुवाको मुला जस्तै भएको टिप्पणी गर्दै जनताको अभिमतबाट उखेलेर मिल्काइदिने उनले बताए ।

त्यस्तै उनले सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरू र सरकारमा रहेका मन्त्रीहरूलाई सत्ताको उन्माद लागेको पनि बताए ।

ओलीले एमाले एउटा भेल भएको र भेलमा पस्नेलाई बढारेर लैजाने दाबीसमेत गरेका छन् ।

https://www.facebook.com/khabarhubofficial/videos/406213101271383

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  २ : ४९ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको