तोकिएकै मितिमा निर्वाचन हुन्छ-नेता पाण्डे « Khabarhub

तोकिएकै मितिमा निर्वाचन हुन्छ-नेता पाण्डे


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी- नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकेको मितिमा नै निर्वाचन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन बाजुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा नसर्ने बताएका हुन् । सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् ।  

अहिले गठबन्धनको सरकार भए पनि वडादेखि जिल्लाले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने विषयमा केन्द्रले हस्तक्षेप नगर्ने बताएका छन्।  उनले भने स्थानीय तहका सबै वडा, पालिका र जिल्लाले आवश्यकता महसुस गरेअनुसार गठबन्धन हुने र नहुने बारेमा यकिन हुनेछ। 

 सहमहामन्त्री पाण्डेले संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेसको नेतृत्वमा अहिलेको सरकार बनेको स्पष्ट गर्दै वर्तमान सरकारले वैशाखको स्थानीय तहको निर्वाचन सकेर जेठ १५ मा बजेट ल्याउने बताए ।

नेकपा (एमाले)ले एमसीसीका बारे जनतामा फैलाएको भ्रमलाई चिर्नेगरी नेपाली कांग्रेसले एक महिना अभियान सञ्चालन गर्न लागेको नेता पाण्डेले जानकारी दिए । 

सहमहामन्त्री पाण्डेले हरेक अप्ठ्यारा परिस्थितिमा देश बचाउनका लागि कांग्रेसले नेतृत्व गर्ने गरेको उल्लेख गर्दै एमसीसीका बारेमा जनतालाई स्पष्ट पार्न ७५३ वटै स्थानीय तहका प्रत्येक वडा र टोलमा जनताका माझ जाने गरी कांग्रेसले आइतबारदेखि अभियान सुरु गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ४ : ०० बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी