ओली नक्कली कम्युनिष्ट हुन्: खनाल « Khabarhub

ओली नक्कली कम्युनिष्ट हुन्: खनाल


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टी नक्कली कम्युनिष्ट भएको टिप्पणी गरेका छन् ।

कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए ।

एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेलामा नेता खनालले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको बताए ।

‘ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अब चिनेर भ्रम हटाउनुपर्छ’, उनले भने । उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँंजीपति वर्गको सेवा गर्ने जनाए ।

कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा. राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ०२ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको