पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न ऊर्जामन्त्रीको आग्रह « Khabarhub

पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न ऊर्जामन्त्रीको आग्रह


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुस्किल हुँदै गएकाले अब विद्युतीय उपकरणको प्रयोग गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आग्रह गरेकी छिन्  ।

 ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत् सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरेकी हुन् ।

 ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युत्को महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन् , यहाँहरूलाई मेरो विशेष अपिल छ, विद्युतीय चुल्हो प्रयोग गरौँ । त्यो ग्यास भन्दा सस्तो छ ।

हाल एक सिलिन्डर ग्यासको मूल्य रु एक हजार ५०० भन्दाबढी भएको छ । त्यसको मूल्य निरन्तर बढ्दै जानेछ । त्यसैगरी पेट्रोल र डिजेलको मूल्य पनि बढ्दै गएको छ । एक लिटर पेट्रोलको मूल्य रु १५० तथा एक लिटर डिजेलको मूल्य रु १३० भन्दाबढी पुगेको  छ । 

 आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनको  जोड थियो । मन्त्री भुसालले ,दिनदिनै पेट्रोलको मूल्य बढेको छ, गाडी किन्नेले पनि अब विद्युतीय नै किन्नु पर्नमा जोड दिइन् ।

 ठूला सहरमा भाडामा बसेर आफ्नो पेशा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताउँदै उनले आवश्यक क्षमताको छुट्टै मिटर लिएर विद्युतीय उपकरण प्रयोग गर्न सकिने स्पष्ट पारिन् ।

घरबेटीको सहमतिमा डेरावालाले पनि छुट्टै विद्युत् मिटर राख्न सक्नेगरी मैले निर्णय गराएको छु । विद्युत् प्राधिकरणमा सम्पर्क गर्नु होला उनले भनिन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ४९ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको