पाकिस्तानमा प्रहरीले नै अहमदिया मुसलमानको चिहान भत्कायो « Khabarhub

पाकिस्तानमा प्रहरीले नै अहमदिया मुसलमानको चिहान भत्कायो


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा अहमदिया सम्प्रदायका मुसलमानहरुलाई परायाजस्तो व्यवहारमात्रै गरिन्न, मृत्युपछि पनि चिहान भत्काइन्छ । इस्लाम खबरले जनाअनुसार हालै पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले नै अहमदियाहरुको करिब ५० चिहान भत्काइदिएको हो ।

पाकिस्तानको पञ्जाब प्रान्तको हफिजावाद क्षेत्रमा यस्तो घटना भएको हो ।

तीमध्ये केही चिहानमा कुरानका श्लोकहरु रहेको भन्ने उजुरीका आधारमा भत्काइएको जनाइएको छ । केही स्थानीय सुन्नी मुसलमानहरुले यसबारे उजुरी दिएको इस्लाम खबरले जनाएको छ । पाकिस्तानमा यस्तो गर्नु आपराधिक गतिविधि मानिन्छ ।

पाकिस्तानका केही मानवअधिकारवादी समूहले घटनाको निन्दा गरेपनि पाकिस्तानको सरकारले भने यसबारे केही टिप्पणी गरेको छैन ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : १० बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको