टोलटोलमा सङ्गठन विस्तार गरौँ- महासचिव पोखरेल « Khabarhub

टोलटोलमा सङ्गठन विस्तार गरौँ- महासचिव पोखरेल


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का महासचिव शकंर पोखरेलले सगंठनको सामर्थ्य निर्माणका लागि टोलटोलमा सगंठन विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

 स्थानीय तह निर्वाचन केन्द्रित आज आयोजित पार्टी प्रशिक्षणमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गरेका हुन् ।

 पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसीसी रहेकोमा ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखि सकिएको महासचिव पोखरेलले भने ।

 आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उनले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन  उल्लघंन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए  ।

आकाश, जमिन र समुद्रमा पनि नेपालको अधिकार स्थापितका लागि ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ०८ बजे

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक