हुण्डी कारोबारविरुद्ध जनचेतनाका लागि मह जोडीको ‘हुण्डी’ (भिडियोसहित) « Khabarhub

हुण्डी कारोबारविरुद्ध जनचेतनाका लागि मह जोडीको ‘हुण्डी’ (भिडियोसहित)

ट्रेन्डिङको ६ नम्बरमा ‘हुण्डी’, दुई दिनमै झण्डै पाँच लाखले हेरे


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हुण्डी कारोबारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले छोटो चलचित्र ‘हुण्डी’ निर्माण भएको छ ।

मह जोडीको निर्देशन रहेको यो चलचित्रले हुण्डी कारोबारमा परेर मानिस कसरी ठगिने गरेका छन् भन्नेबारे जानकारी दिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वित्तीय सुरक्षासम्बन्धी जनचेतनामुलक सन्देश सञ्चारका लागि यो चलचित्र निर्माण गरिएको हो ।

४१ मिनेटको चलचित्रको सम्पादन भुपेन्द्र अधिकारले गरेका छन् । त्यस्तै, छायाँकन गोकुल अधिकारी र रामशरण उप्रेतीले गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, सविन श्रेष्ठ, अनु शाह, किरण केसी, किरण तुलाधर, प्रिया रिजाललगायतले अभिनय गरेका छन् ।

नेपालमा बेलाबेलामा हुण्डी कारोबारीहरू पक्राउ पर्ने गरेका छन् । कानुनविपरीत राजस्व छलि गरी रकम एक ठाउँबाट अर्को ठाउँमा पठाउने कार्य हुण्डी कारोबार हो ।

विदेशमा श्रम बेचेर आएको पैसा निश्चित सेवा शुल्क तिरेर बैंक वा रेमिटेन्स कम्पनीमार्फत् घर पठाएर नै अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । तर, बैंकिङ च्यानलको सट्टामा अन्य दलालहरूको माध्यमबाट पैसा पठाउने क्रम बढेको छ । जसलाई हुण्डी कारोबार भनिन्छ । त्यसले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । यही कानुनविपरीतको कार्यविरुद्ध जनचेतना जगाउन यो चलचित्रको निर्माण गरिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ०७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।